Sunday, January 1, 2017

राजधानीमा रातिदेखि थपियो ४० मेगावाट बिजुली


  • थप बिजुलीले काठमाडौंंलाई लोडसेडिङमुक्त राख्न सकिन्छ : प्राधिकरण
  • फेब्रुअरी १ देखि राजधानीमा भारतको ९० मेगावाट बिजुली
  • यस वर्ष भारतबाट ६ सय मेगावाट बिजुली आयात गरिने 

काठमाडौं, १७ पुस– विद्युत प्राधिकरणले राजधानी उपत्यकालाई ‘लोडसेडिङमुक्त राख्ने अभियान’ लाई निरन्तरता दिन बिहीबार राति १२ बजे (जनवरी १) देखि नेपाल–भारत अन्तदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट थप ४० मेगावाट बिजुली आयात गर्न थालेको छ ।
सुख्यायामस“गै पानीको लेभल घटै गएकाले नदीको प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिका जलविद्युत आयोजनाको विद्युत उत्पादन कम हु“दै गएकाले राजधानीलाई लोडसेडिङमुक्त राख्न भारतबाट थप बिजुली आयात गरिएको हो ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार भारतबाट आउने थप ४० मेगावाट बिजुली ढल्केबर–हेटौंडाको १३२ केभीको प्रसारण लाइनबाट हेटौंडा र वरपरको क्षेत्रमा पठाइनेछ भने मस्र्याङी कोरिडोरबाट हेटौंडामा पठाइने ४० मेगावाट बिजुली राजधानीमा ल्याइनेछ ।
अधिकारीले अंग्रेजी नया“ वर्षस“गै राजधानीमा ४० मेगावाट बिजुली थपिएपछि काठमाडौं उपत्यका, बनेपा र धुलिखेललगायतका स्थानलाई लोडसेडिङमुक्त राख्न सकिने जानकारी दिए । प्राधिकरणले भारतबाट थप आयात भएको बिजुली प्रतियुनिट ५ रुपैया“ ७६ पैसा (३.६० भारु) मा भारतीय कम्पनी एनभीभीएनसित खरिद गरेको हो ।
अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने थप बिजुली ढल्केबर–खिम्ती प्रसारण लाइन हु“दै खिम्ती–काठमाडौं प्रसारण लाइनबाट राजधानी ल्याउने योजना प्राधिकरणको थियो । तर, ढल्केबर–खिम्ती प्रसारण लाइनको निर्माण गर्न बा“की एउटामात्र टावर बनाउन ढिलाइ भएकाले हेटौंडाको विकल्प रोजिएको हो ।
उक्त टावर निर्माण सम्पन्न भएपछि भारतबाट आयात हुने बिजुली खिम्ती–ढल्केबर प्रसारण लाइन हु“दै राजधानी ल्याइनेछ । प्राधिकरणले आगामी फेब्रुअरी १ देखि थप ४० मेगावाट बिजुली भारतबाट आयात गर्न थाल्नेछ । मुजफ्फरपुर–ढल्केबर अन्तरदेशीय प्रसारण लाइनबाट प्राधिकरणले ८० मेगावाट आयात गरिरहेको थियो । शनिबार रातिदेखि उक्त प्रसारण लाइनबाट प्राधिकरणले १ सय २० मेगावाट आयात गर्न थालेको छ । फेब्रुअरी १ देखि भने त्यहा“बाट प्राधिकरणले १ सय ६० मेगावाट बिजुली आयात गर्न थाल्नेछ ।
अधिकारीका अनुसार फेब्रुअरी १ देखि ढल्केबर–मुजफ्फरपुरबाट आयात हुने १ सय ६० मेगावाटमध्ये ९० मेगावाट बिजुली राजधानी ल्याइनेछ । नदीमा पानीको प्रवाह घटेर सबभन्दा कम विद्युत उत्पादन हुने समयमा भारतबाट आयातीत बिजुलीमध्ये ९० मेगावाट राजधानी ल्याएपछि माघको तेस्रो सातादेखि फागुन, चैत, वैसाख र जेठमा समेत काठमाडौं उपत्यका, बनेपा र धुलिखेललाई लोडसेडिङमुक्त राख्न सकिने प्राधिकरणका प्रवक्ता अधिकारी बताउ“छन् ।
प्राधिकरण र एनभीभीएनबीच दुई साताअघि थप विद्युत खरिदबिक्री सम्झौता भएको हो । सम्झौताअनुसार शनिबार रातिदेखि थप ४० मेगावाट बिजुली आउन थालेको हो । प्राधिकरण र एनभीभीएनबीच १ जनवरी २०१७ देखि २०१७ मेसम्मका लागि विद्युत् खरिद सम्झौता भएको हो । वर्षायाममा भारतबाट धेरै बिजुली आयात गर्नुनपर्ने भएकाले हिउ“द र सुक्खायामका लागिमात्र विद्युत खरिद सम्झौता भएको हो ।
ढल्केबरमा निर्माणाधीन सबस्टेसन निर्माणमा ढिलाइ भएकाले नेपालको अनुरोधमा भारतको पावर ग्रिड कर्पोरेसनले मुजफ्फरपुरमा १ सय मेगावाटको ट्रान्सफर्मर जडान गरिदिएकाले शनिबार रातिदेखि थप ४० र फेब्रुअरी १ देखि थप ८० मेगावाट ल्याउन सम्भव भएको हो ।
प्राधिकरणले राजधानी उपत्यकाबाहेक मुलुकका सबै ठाउ“लार्य समेत लोडसेडिमुक्त बनाउन तथा घटाउन भारतबाट थप १ सय ४० मेगावाट बिजुली आयात गर्नेछ । भारतबाट थप बिजुली ल्याउने नाका कटैया–कुसाहा (विराटनगर) र रक्सौल–परवानीपुर (वीरगन्ज) मा प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ती प्रसारण लाइन अबको एक÷डेढ सातामा सकिने जानकारी भारतीय पक्षले प्राधिकरणले दिएको छ । राजधानी बाहिरोडसेडिङ हुन नदिन यी दुई विद्युत नाका हु“दै भारतबाट ५०÷५० गरी एक सय मेगावाट बिजुली अबको एक÷डेढ साताभित्रै ल्याउने योजना प्राधिकरणको छ ।
टनकपुर विद्युत नाकाबाट समेत प्राधिकरणले एक महिनाभित्रै थप ४० मेगावाट बिजुली ल्याउने भएको छ । टनकपुरमा ५० एमबीएको ट्रान्सफर्मरको सट्टा १ सय एमबीएको ट्रान्सफर्मर जडान गरी थप ४० मेगावाट ल्याउन लागिएको हो । एक महिनाभित्रै नया“ ट्रान्सफर्मर जडान गरी थप ४० मेगावाट बिजुली टनकपुरबाट आयात गरिनेछ । 
प्राधिकरणले भारतबाट ३ सय मेगावाट बिजुली आयात गरिरहेको थियो । शनिबार रातिदेखि ३ सय ४० मेगावाट बिजुली आयात गर्न थालेको छ । अघिल्लो वर्ष हिउ“दमा प्राधिकरणले भारतबाट ३ सय ४७ मेगावाट आयात गरेको थियो भने यस वर्ष ६ सय मेगावाट बिजुली आयात गरिरहेको छ । दुई महिनायता मुलुकका विभिन्न निर्माणाधीन आयोजना सम्पन्न भई केन्द्रीय प्रसारण लाइनमा १ सय २५ मेगावाट बिजुली थप भइसकेको छ ।
प्राधिकरणले हाल कटैया–कुसाहाबाट १ सय ३०, ढल्केबर–मुजफ्फरपुरबाट १ सय २०, गण्डक आयोजनाको प्रसारण लाइनबाट २५, टनकपुर विद्युत नाकाबाट ३० देखि ३५, टनकपुर आयोजनाबाट १२ तथा अरू साना नाकाबाट गरी ३ सय ४० मेगावाट आयात गरिरहेको छ । हाल मुलुकमा सा“झको समयमा बिजुलीको माग १ हजार २ सय ५० मेगावाटको हाराहारीमा छ । अरू बेला मुलुकको आधारभूत बिजुलीको माग (बेस लोड) ७ सय मेगावाटको हाराहारीमा छ । सा“झको समयमा ९२ मेगावाटको कुलेखानी जलाशययुक्त आयोजना चलाइने र पिकिङ रन अफ प्रकृति (दिनभरको पानी जम्मा गरेर बढी बिजुली आवश्यक हुने समयमा चलाउन मिल्ने) ६९ मेगावाटको मस्र्याङी र ७० मेगावाटको मध्य मस्र्याङीलगायतका आयोजना दिउ“सो कम चलाई सा“झमा बढी चलाउने गरिएकाले माग व्यवस्थापन भइरहेको प्राधिकरणका अधिकारी बताउ“छन् ।
प्राधिकरणले विद्युतको बढी माग हुने सा“झको समयमा औद्योगिक कोरिडोरहरूमा लोडसेडिङ गरी घरायसी उपभोक्तालाई बिजुली निरन्तर दिने प्रयास गरिरहेको छ । उपत्यकाबाहिरका धेरै ठाउ“मा हाल ४ घन्टाको हाराहारीमा लोडसेडिङ छ । 


No comments:

Post a Comment