Tuesday, January 17, 2017

माथिल्लो सेतीमा बल्ल ठेक्का प्रक्रिया सुरु


  • सुक्खायाममा दैनिक ६ घण्टा बिजुली उत्पादन हुने
  • लागत ५१ अर्ब, सन् २०२२ को डिसेम्बरमा सम्पन्न हुने
  • वर्षमा ५९ करोड युनिट बिजुली उत्पादन हुने
  • जलाशयमा १ सय ९० मिलियन क्युबिक मिटर पानी जम्मा हुने

काठमाडौं, ४ माघ– लगानी जुटिसकेको र परामर्शदाता कम्पनीसमेत छनोट भइसकेको तीन वर्षपछि मात्र माथिल्लो सेती जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढाउन ठेक्का प्रक्रिया सुरु भएको छ । १ सय ४० मेगावाटको जलाशययुक्त आयोजना निर्माण अघि बढाउन विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहु“ हाइड्रो पावर लिमिटेडले तीनवटा प्याकेज बनाएर ठेक्का प्रक्रिया सुरु गरेको छ ।
टेन्डर डकुमेन्ट तयार पारी मुख्य दुई दाता जापानी सहयोग नियोग (जाइका) र एसियाली विकास बैंकबाट स्वीकृत गराउन समय लागेको र परामर्शदाता कम्पनी ल्याहमेरलाई आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदनमाथि थप अध्ययन गर्न दिइएकाले ठेक्का प्रक्रिया थाल्न केही ढिलाइ भएको दाबी तनहु“ हाइड्रो पावर लिमिटेडका अधिकारीले गरे ।
पहिलो प्याकेजमा हेड वक्र्स र बा“ध तथा नदी डाइभर्सन, दोस्रोमा टनेल र पावर हाउस निर्माण तथा हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल र तेस्रो प्याकेजमा आयोजनास्थल तनहु“को दमौली नजिकबाट भरतपुरमा बनाइने नया“ सबस्टेसनसम्म ३७ किलोमिटर लामो २ सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने रहेको छ ।

तनहु“ हाइड्रो पावर लिमिटेडले परामर्शदाता छनोट भएको तीन वर्षपछि पहिलो र दोस्रो प्याकेज निर्माण गर्न ग्लोबल टेन्डर गरी पीक्यू (आयोजना बनाउन प्राविधिक रूपमा उपयुक्त) गरी ८ वटा कम्पनी छनोट गरेको छ । पीक्यूबाट पहिलो प्याकेजमा ५ वटा र दोस्रो प्याकेजमा तीनवटा कम्पनी छनोट भएको जानकारी तनहु“ हाइड्रो पावर लिमिटेडका कार्यकारी निर्देशक प्रदीप थिकेले दिए । उनका अनुसार पहिलो प्याकेजमा जयप्रकाश एसोसिएट लिमिटेड इन्डिया, सोङा भियतनाम–कालिका कन्स्ट्रक्सन जेभी, हिन्दुस्तान कन्स्ट्रक्सन कम्पनी इन्डिया–डोगस इन्टिग्रेटेड टर्की जेभी, सीजीजीसी (गेजुवा) चाइना र सीएमसी डी राभेना, इटाली पीक्यू छनोटमा परेका छन् । दोस्रो प्याकेजमा हिन्दुस्तान कन्स्ट्रक्सन कम्पनी इन्डिया–डोगस इन्टिग्रेटेड टर्की जेभी, सिनो हाइड्रो कर्पोरेसन चाइना र सीएमसी इटाली पीक्यू छनोटमा परेका छन् ।
अबको दुई महिनाभित्रै तनहु“ हाइड्रो पावर लिमिटेडले पीक्यू भएका कम्पनीबीच आर्थिक प्रस्ताव माग गरी निर्माण गर्ने ठेकेदार कम्पनी छनोट गर्नेछ । दुइटै प्याकेजका लागि निर्माणमा कम लागत प्रस्ताव गर्ने एक÷एकवटा ठेकेदार कम्पनी छनोट गरिनेछ । छनोट भएका दुई कम्पनीले माथिल्लो सेती आयोजनाको निर्माण कार्य आगामी अक्टोबरमा सुरु गर्नेछन् । ‘पीक्यू भएका कम्पनीहरूलाई दुई महिनाभित्र आर्थिक प्रस्ताव पेस गर्ने समय दिन्छौं । आर्थिक प्रस्ताव इभ्यालुएसन (मूल्यांकन) गर्न दुई महिना लाग्छ, ढिलोमा आगामी अक्टोबरमा ठेक्का सम्झौता भई निर्माण कार्य सुरु हुनेछ,’ थिकेले कान्तिपुरसित भने, ‘सन् २०२२ डिसेम्बरभित्र आयोजना निर्माण सम्पन्न भई बिजुली उत्पादन सुरु हुनेछ ।’
थिकेका अनुसार तेस्रो प्याकेजको टेन्डर डकुमेन्ट तयार पार्ने काम भइरहेको छ । टेन्डर डकुमेन्ट तयार भई तनहु“ हाइड्रो पावर लिमिटेड र प्रमुख दाता जाइका र एडीबीबाट स्वीकृत भएपछि तेस्रो प्याकेजको ४० किमि लामो २ सय २० केभीको प्रसारण लाइन र भरतपुरमा सबस्टेसन निर्माण गर्न ठेक्का प्रक्रिया सुरु हुनेछ । प्रसारण लाइन निर्माण कार्यसमेत आयोजनास“गै सकिने गरी अघि बढाइनेछ ।
माथिल्लो सेती आयोजना र त्यसलाई आवश्यक प्रसारण लाइन निर्माण गर्न ५१ अर्ब रुपैया“ (५ सय ५ मिलियन अमेरिकी डलर) लागत लाग्ने अनुमान तनहु“ हाइड्रो पावर लिमिटेडको छ । माथिल्लो सेती आयोजना बनाउन जाइकाले १ सय ८५, एडीबीले १ सय ५०, युरोपियन इन्भेस्टमेन्ट बैंकले ७५ मिलियन डलर सहयोग गरेका छन् । बा“की ९० मिलियन डलर अर्थात् ९ अर्ब रुपैया“ सरकार (विद्युत् प्राधिकरण) ले बेहोर्ने छ । आयोजना निर्माण गर्न जाइकाले ०.०१, एडीबीले १ र यरोपियन बैंकले ३ प्रतिशत सहुलियतपूर्ण ब्याजमा ऋण सहयोग गरेका छन् ।
लागत मह“गो पर्ने भए पनि माथिल्लो सेती सुक्खायामको बिजुलीको बढी माग हुने सा“झको चार र बिहानको २ गरी ६ घण्टा पूरै क्षमतामा विद्युत् उत्पादन गर्ने आकर्षक आयोजना हो । यसले मुलुकमा सुक्खायाममा बिजुलीको माग पूरा गर्न ठूलो योगदान दिनेछ । आयोजनाबाट एक वर्षमा ५ सय ९० गेगा आवर किलोवाट अर्थात् ५९ करोड युनिट बिजुली उत्पादन हुनेछ ।
दमौली बजारनजिक मादी नदीमा मिसिने ठाउ“भन्दा केही माथि सेती नदीमा १ सय ४० मिटर बा“ध बा“धेर जलाशय निर्माण गरिनेछ । यसको जलाशयमा वर्षायामको ७ प्रतिशत पानी मात्र जम्मा गर्न सकिनेछ । सेती जलाधार क्षेत्र बढी वर्षा हुने ठाउ“ र जलाशयका लागि ठूलो भूभाग नभएकाले माथिल्लो सेतीमा वर्षायामको ७ प्रतिशत पानी मात्र भण्डारण गर्न सकिनेछ । जलाशयमा १ सय ९० मिलियन क्युबिक मिटर पानी जम्मा हुनेछ । जलाशय भरिएपछि वर्षायाममा समेत यो आयोजनाबाट पूरै क्षमतामा बिजुली उत्पादन हुने जानकारी थिकेले दिए । उनका अनुसार बा“धदेखि १२ सय मिटर लामो टनेलबाट पानी दमौली बजारभन्दा केही तल १ सय २६ मिटर अग्लो हेडबाट भूमिगत पावर हाउसमा खसाली बिजुली उत्पादन गरिनेछ । बिजुली निकालेपछि पानी सेती नदीमा पठाइनेछ ।
सेती नदी मुलुकको सबभन्दा बढी सिल्ट्रेसन (बालुवा ल्याउने) नदी हो । जलाशयमा बर्सेनि जम्मा हुने बालुवाका कारण बिजुली उत्पादनमा नकारात्मक असर पर्न नदिन आयोजनामा ‘फ्लसिङ सिस्टम’ राखिनेछ । ‘आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको १० वर्षसम्म वर्षायाममा लगातार १५ दिन बा“ध पूरै खोली बालुवा फ्लसिङ गरी बगाइनेछ भने त्यसपछि वर्षायाममा हरेक वर्ष ४२ दिन बा“ध खोलेर जलाशयमा जम्मा भएको बालुवा बगाइनेछ,’ थिकेले भने ।
थिकेका अनुसार आयोजना निर्माणका लागि आवश्यक प्राविधिक र कामदार बस्ने क्याम्प फ्यासिलिटीको निर्माण कार्य भइरहेको छ । बा“ध र पावर हाउससम्म पुग्ने ७ किमि लामो पहु“च मार्ग (एक्सेस रोड) को निर्माणसमेत अन्तिम चरणमा पुगेको छ । आयोजना निर्माणका लागि आवश्यक बिजुली लान ३३ केभीको सबस्टेसन र प्रसारण लाइन निर्माणसमेत भइरहेको छ । जलाशयमा पर्ने १२ सय रोपनी जग्गा अधिग्रहण तथा ८० घरपरिवारलाई पुनर्वास गराउने काम बा“की छ । यसबाहेक अरू जग्गा अधिग्रहणको काम भने सकिएको छ । ‘८० घरलाई पुनर्वास गराउने र जलाशयमा पर्ने १२ सय रोपनी जग्गा अधिग्रहणको कामसमेत छिट्टै सकिन्छ,’ थिकेले भने ।

No comments:

Post a Comment