Wednesday, November 27, 2013

सहसचिव थापाको पुस्तक सार्वजनिक

काठमाडौं, १२ मंसिर– व्यवस्थापिका संसदका सहसचिव एवं सार्वजनिक लेखा समितिका सचिव सोमबहादुर थापाद्वारा लिखित ‘नेपालमा सार्वजनिक प्रशासन र जवाफदेहिता’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।
राजधानीमा मंगलबार आयोजित कार्यक्रममा गृह एवं परराष्ट्रमन्त्री माधव घिमिरेले उक्त पुस्तक विमोचन गरेका थिए । निजामती प्रशासनमा तीन दसक लामो अनुभव स“गालेका थापाले पुस्तकमा सार्वजनिक प्रशासनभित्र रहेका विसंगति र कमीकमजोरी औंल्याउनुका साथै सुधारका लागि चाल्नुपर्ने कदमका बारेमा सुझाएका छन् ।
घिमिरेले मुलुकको कार्यकारी र निजामती प्रशासनको कार्यान्वयन पक्षमा देखिएका कमीकमजोरी औंल्याई त्यसलाई सच्याउन आवश्यक पर्ने सैद्धान्तिकका अतिरिक्त व्यावहारिक पक्ष उजागर गरेकाले पुस्तक राजनीतिक तथा प्रशासनिक वृत्तमा रहेका सबैका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।
सार्वजनिक लेखा समितिकी पूर्व सदस्य कमला पन्तले सरकार र राज्य संयन्त्रका विकृति र विसंगतिलाई उजागर गरेको पुस्तक मुलुकको भाग्य रेखा कोर्न संविधानसभामा हालै विजयी भएर आएका सभासदहरूका लागि महत्वपूर्ण दस्तावेज हुने बताइन् ।
कान्तिपुर दैनिकका समाचार सम्पादक हरिबहादुर थापाले मुलुकमा सेवा निवृत्त भएपछिमात्र प्रशासकहरूले निजामती प्रशासनको कमीकमजोरी औंल्याएर लेख्ने प्रवृत्ति रहिरहेका बेला लेखक थापाले पदमै रह“दा आफूले देखे÷भोगेका सार्वजनिक प्रशासनका विकृति र विसंगति पुस्तकमार्फत् सार्वजनिक गरेर साहसिक र प्रशंसनीय कार्य गरेको बताए ।
सार्वजनिक प्रशासनमा रहेका आर्थिक विसंगतिका छिद्रछिद्र केलाएको हुनाले पुस्तक मुलुकलाई सुशासनको बाटामा लान चाहने प्रशासक, राजनीतिक नेता तथा नवनिर्वाचित सभासदका लागि महत्वपूर्ण दस्तावेज हुने विश्वास उनले व्यक्त गरे ।
महालेखा परिक्षक भानुप्रसाद आचार्यले अब बन्ने सरकार र नया“ संविधानसभा÷व्यवस्थापिका संसदका लागि मुलुकको सार्वजनिक प्रशासनको जवाफदेहिताको पाटोमा महत्वपूर्ण सुधार गर्न पुस्तक सहायकसिद्ध हुने बताए । लेखक थापाले निजामती प्रशासनमा तीन दसकभन्दा लामो समयसम्म रह“दा आफूले देखेका र भोगेका अनुभवलाई पुस्तकको रूप दिएको बताए ।



1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete