Friday, November 15, 2013

चुनावी सरकारद्वारा आचारसंहिता उल्लंघन गरी राजनीतिक नियुक्ति

प्रकृति संरक्षणको कोषको सदस्यसचिवमा गजुरेल नियुक्त
काठमाडौं, २९ कात्तिक– संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वको चुनावी सरकारले निर्वाचन ऐन र आचारसंहितालाई उल्लंघन गरी राजनीतिक नियुक्ति गरेको छ । एमालेको कोटामा वनमन्त्री बनेका टेकबहादुर घर्तीको सिफारिसमा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गोविन्द गजुरेललाई राष्ट्रिय प्रकृति संरÔण्ँ कोÈको सदस्यसचिव पदमा नियुक्ति गरी निर्वाचन आचारसंहिताको उल्लंघन गरेको हो । गजुरेल एमाले भातृ संगठन नेपाल बुद्धिजीवी परिÈद्का केन्द्रीय सल्लाहकार हुन् ।
चुनाव हुनु पा“च दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले चिनिया“ जहाज खरिद गर्ने अर्को विवादास्पद निर्णय गरी त्यसका लागि चीन सरकारसित ऋण र अनुदान सम्झौता गर्ने अख्तियारीसमेत दिएको छ । सोही दिन नै सरकारले राजनीतिक नियुक्तिसमेत गरेको हो ।
चुनावी सरकारले दैनिक प्रशासन चलाउने र आकस्मिक निर्णयबाहेक मुलुकलाई दीर्घकालीन प्रभाव पार्ने निर्णय र राजनीतिक नियुक्ति गर्न संवैधानिक र कानुनी रूपमै नमिल्ने सरकारी अधिकारीहरू नै बताउ“छन् ।
मन्त्रिपरिषदले गजुरेलको नियुक्तिलाई सार्वजनिक नगरी गोप्य राखेको छ । तर, गजुरेल शुक्रबार कोषको कार्यालयमा पदबहाली गरेपछि उनको नियुक्तिको खुलासा भएको हो । निर्वाचत आचारसंहिता लागू भएपछि सरकारले निर्वाचन आयोगको पूर्वसहमतिबिना नियुक्ति, सरुवा र बढुवाको निर्णय गर्न सक्तैन । तर, सरकारले आयोगको पूर्वसहमति नलिईकन गजुरेललाई नियुक्त गरेको हो ।
वनमन्त्रालयले बिहीबारमात्र गजुरेललाई नियुक्तिका लागि आयोगसित सहमति माग्दै पत्र पठाएको छ । सरकारले आयोगको सहमति नआउ“दै गजुरेलको नियुक्तिको निर्णय गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको जानकारी वन मन्त्रालयका एक अधिकारीले दिए ।
तर, आयोगका पदाधिकारी भने यसबारेमा बोल्न चाह“दैनन् । ‘आयोगमा त्यसबारेमा सहमति मागेर पत्र आएको छ । तर, आयोगको बैठक बसेर लिखित सहमति गए÷नगएको मलाई थाहा छैन, भोलि–पर्सिसम्ममा मात्र त्यसबारेमा बुझेर भन्न सक्छु’ आयोगका प्रवक्ता वीरबहादुर राईले भने ।
गजुरेल मनमोहन प्रतिष्ठान सानेपामा कार्यकारी निर्देशक थिए । एमाले सरकारमा सहभागी रहेका बेला उनी सिटिईभिटीमा सदस्यसचिव समेत भएका थिए । कोषका सदस्यसचिव जुद्धबहादुर गुरुङले कार्यकाल पूरा गरी कात्तिक ४ मा अवकास पाएपछि रिक्त पदमा गजुरेललाई नियुक्ति गरिएको हो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete