Thursday, November 28, 2013

एमालेद्वारा कोइरालालाई सरकारको नेतृत्व गर्न प्रस्ताव

कोइराला–खनाल भेटवार्ता
काठमाडौं, १३ मंसिर– नेकपा एमालेले संविधानसभाको सबभन्दा ठूलो दल कांग्रेसका सभापति सुशील कोइरालालाई सहमतिको सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका छन् । एमाले अध्यक्ष झलनाथ खनालले बिहीबार कोइरालालाई उनकै महाराजगन्जस्थित निवासमा भेटी ठूलो दलको नेताको नाताले सहमतिको सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका हुन् ।
‘कांग्रेस संविधानसभामा सबभन्दा ठूलो दल हो, उसले नै आफ्नो नेतृत्वमा सरकार गठनको पहल गर्नुपर्छ । कांग्रेस र एमालेले ठूला दलका नाताले संविधानसभाबाट सरकार र संविधान निर्माणमा जिम्मेदारीपूर्व अघि बढ्नुपर्छ भन्नेबारेमा छलफल भयो’ भेटवार्तापछि खनालले संवाददाताहरूसित भने ।
कोइराला आफैंले समेत कांग्रेसको नेतृत्वमा सहमतिको सरकारको निर्माणको वातावरण बनाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसित भेटवार्ता गरिसकेका छन् । उनकै पहलमा कांग्रेसले बुधबार केन्द्रीय कार्य समितिको अनौपचारिक बैठक गरी सहमतिको सरकार गठनका लागि पहल गर्ने निर्णयसमेत गरिसकेको छ ।
कोइराला र खनालबीच कांग्रेस र एमाले आपसमा मिलेर संविधानसभाबाट नया“ सरकार गठन र संविधान निर्माण गर्नेबारेमा छलफल भएको छ । संविधानसभा चुनावपछि पहिलो र दोस्रो ठूलो पार्टी बनेका कांग्रेस र एमालेका नेतृत्वबीच पहिलोपटक भेटवार्ता भएको हो । कोइराला र खनालबीच ठूला दलका नाताले कांग्रेस र एमाले मिलेर संविधानसभाबाट जति सक्दो छिटो सरकार गठन र संविधान निर्माणको थालनी गर्नेबारेमा विचारविमर्श भएको जानकारी एमाले नेता रघुजी पन्तले दिए ।
‘कांग्रेस र एमालेका शीर्ष नेताबीच समय खेर नफाली सरकार र संविधान निर्माण्ँ मिलेर गर्नेबारेमा छलफल भयो’ भेटमा सहभागी एमाले नेता पन्तले भने । उनले संविधानसभा चुनावमा जनताले कांग्रेस र एमालेलाई मिलेर सरकार र संविधान निर्माण गर्न जनादेश दिएको र जनादेशअनुसार नै अघि बढ्नेबारेमा कोइराला र खनालबीच विचारविमर्श भएको जानकारी दिए ।
दुई नेताबीच संविधानसभाबाट संविधान निर्माणका क्रममा असन्तुष्ट दलहरूलाई कसरी मिलाएर जान सकिन्छ भन्नेबारेमा समेत छलफल भएको थियो । पन्तले कोइराला र खनालबीचको भेटवार्तामा सरकार गठनबारे विस्तृतमा छलफल नभएको बताए । भेटवार्ताका क्रममा संविधानसभाको दोस्रो चुनावपछि पहिलो र दोस्रो ठूलो पार्टी बनेका कांग्रेस र एमालेका शीर्È नेताबीच बधाई साटासाट भएका थियो । अघिल्लो चुनावको तुलनामा यसपटक कांग्रेस र एमालेले बढी सिट जितेकामा कोइराला र खनालले एक(अर्कालाई बधाई दिएका थिए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete