Sunday, November 17, 2013

कार्टरद्वारा राष्ट्रपति यादवसित भेटवार्ता

काठमाडौं, २ मंसिर– अमेरिकी पूर्वराष्ट्रपति एवं कार्टर सेन्टरका अध्यक्ष जिम्मी कार्टरले राष्ट्रपति डा रामवरण यादवस“ग आइतबार भेटवार्ता गरेका छन् । उक्त अवसरमा दुई नेताबीच समसामयिक राजनीतिक अवस्था, संविधानसभा निर्वाचन र त्यसपछि लेखिने संविधानका मूलभूत विषयबारे छलफल भएको जानकारी राष्ट्रपति कार्यालयका एक अधिकारीले दिएका छन् ।
राष्ट्रपति यादवले संविधानसभा निर्वाचनका साथै नेपालको सामाजिक–आर्थिक विकासका लागि भारत, चीन, युरोपेली संघ, अमेरिकालगायत मुलुक र अन्तर्राष्ट्रिय समुदायले सक्दो सहयोग गरिरहेको बताए ।
उनले कार्टरलाई पारदर्शी, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको र त्यसनिम्ति पर्याप्त सुरक्षाकर्मी परिचालनका साथै निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका थिए ।
‘निर्वाचनको तयारीलगायत चुनावी प्रक्रियाको अवलोकन एवं निरीक्षण गर्न पनि राष्ट्रपतिले कार्टरलाई आग्रह गर्नुभयो’ राष्ट्रपति कार्यालयका ती अधिकारीले भने ।  ती अधिकारीका अनुसार करिब २५ मिनेट भएको भेटमा अमेरिकी पूर्वराष्ट्रपतिले शासकीय स्वरूप र संघीयताका विषयमा सबै पक्षबीच समझदारी कायम गर्ने मिलनविन्दु ‘फ्रेन्च मोडेल’ उपयुक्त हुने धारणा व्यक्त गरेका थिए ।
कार्टरले यादवलाई संसारका विभिन्न मुलुकमा भएका निर्वाचनको कार्टर सेन्टरले पर्यवेक्षण गर्दै आएको तथा सोही क्रममा आफू नेपाल आएको जानकारी गराएका थिए । युरोपेली संघको पर्यवेक्षण ‘मिसन’ स“ग मिलेर आफू नेतृत्वको टोलीले काठमाडौं उपत्यकाका विभिन्न मतदान केन्द्र र मतगणनास्थलको पर्यवेक्षण गर्ने जानकारी पनि उनले राष्ट्रपतिलाई गराएका थिए ।




1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete