Monday, November 18, 2013

राष्ट्रपतिद्वारा निर्भिकतापूर्वक मतदाता गर्न आह्वान

काठमाडौं, ३ मंसिर– राष्ट्रपति रामवरण्ँ यादवले मंगलबार हुने संविधानसभाको निर्वाचनमा निभिर्कता र उत्साहपूर्वक आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई आह्वान गरेका छन् ।
यादवले पहिलो संविधानसभाले देशलाई लोकतान्त्रिक गण्ँतन्त्रमा रूपान्तरण्ँ गरेको स्मरण गर्दै अघिल्लो संविधानसभाको उपलब्धिको रÔा गर्दै संविधान निर्माण्ँ गर्ने अभियान सफल बनाउने जिम्मा दोस्रो संविधानसभामा रहेको उल्लेख गरेका छन् ।
‘आङ्खनो संबिधान आफैं बनाउने जनताको सपनालाई साकार तुल्याउन संविधानसभाभन्दा राम्रो विकल्प अरु हुन सक्दैन’ निर्वाचनको अघिल्लो दिन सोमबार राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ, ‘राजनीतिक दल, उम्मेदवार र मतदातालगायत सम्पूणर््ँ नेपालीले मताधिकारको सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
उनले निर्वाचनबिना राजनीतिक अभ्यासले मात्रै नागरिकको आकांÔाको प्रतिनिधित्व गर्न नसक्ने बताएका छन्  । पहिलो संबिधानसभाको विघटनपछिको जटिल परिस्थितिमा हुन लागेको निर्वाचन सफल बनाएर विश्व समुदायलाई नेपाली सÔम छौं भन्ने उदाहरण्ँ प्रस्तुत गर्नुपर्ने भन्दै राष्ट्रपतिले दलहरूबीच सुदृढ सम्बन्धका लागिसमेत आह्वान गरेका छन् ।
‘पहिलो संविधानसभाबाट निकास निस्कन नसकेकामा हामी दुःखी छौं’ सन्देशमा भनिएको छ, ‘सो सभाले हासिल गरेका केही महत्त्वपूणर््ँ उपलब्धिलाई बिर्सन मिल्दैन ।’ उनले पहिलो संविधानसभाले लडाकु व्यवस्थापन गर्दै शान्ति प्रक्रिया टुंग्याउने भूमिका खेलेको स्मरण्ँ गरे ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete