Sunday, November 17, 2013

चुनाव गराउन सरकारले निर्वाह गरेको भूमिका प्रशंसनीय : कार्टर

कार्टरद्वारा मन्त्रिपरिषद्का अध्यक्षसित भेटवार्ता
काठमाडौं, २ मंसिर– अमेरिकी पूर्वराष्ट्रपति एवं कार्टर सेन्टरका अध्यक्ष जिम्मी कार्टरले संविधानसभा निर्वाचन सम्पन्न गर्ने वातावरण तयार गर्ने सन्दर्भमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र उनको सरकारले निर्वाह गरेको भूमिकाको सिंगो अन्तर्राष्ट्रिय समुदायले उच्च मूल्यांकन र प्रशंसा गरेको बताएका छन् ।
उनले आइतबार बिहान अध्यक्ष रेग्मीसित भेटवार्ता गरी संविधानसभा निर्वाचनको तयारीबाट आफू उत्साही भएको बताएका छन् । मन्त्रिपरिषदको अध्यक्षको सचिवालयबाट जारी विज्ञप्तिका अनुसार कार्टरले नेपालको विशेष परिस्थितिमा हुन लागेको संविधानसभा निर्वाचनको तयारी, व्यवस्थापन र सुरक्षा प्रबन्धबाट स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान हुने विश्वाससमेत व्यक्त गरेका हुन् ।
भेटका अवसरमा कार्टरले नेपालमा रहेको कार्टर सेन्टरले गरेको अध्ययनबाट नेपाली मतदाता चुनावमा मतदान गर्न आतुर रहेको आफूले पाएको बताउ“दै संविधानसभाको निर्वाचनपछि नेपालमा शान्ति, विकास र समृद्धिको थालनी हुने विश्वास व्यक्त गरे ।
रेग्मीले कार्टर सेन्टरलगायत अन्य अन्तर्राष्ट्रिय समुदायले निर्वाचनको पर्यवेक्षण गर्न तथा निर्वाचनमैत्री वातावरण निर्माण गर्न गरेको सहयोगको सराहना गर्दै सरकारले सुरक्षा प्रबन्धलाई मजबुत बनाएकाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा आश्वस्त रहन आग्रह गरेका थिए । उनले निर्वाचन पर्यवेक्षणका लागि कार्टर स्वयं आएकामा धन्यवादसहित आभार व्यक्त गरे ।
रेग्मीले निर्वाचनविरोधी कुनै पनि हिंसात्मक गतिविधि हुन नदिन सरकारले विशेष सुरक्षा रणनीति अवलम्बन गरेको जानकारी गराउ“दै भयरहित वातावरणमा निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको बताए । रेग्मीले मतदाताहरूको सविधानप्रदत्त मताधिकारलाई कुण्ठित पार्ने दुराशयले कसैले अवरोध गर्ने, हिंसात्मक कार्य गर्ने वा कानून प्रतिकूल कुनै कार्य गरेमा वा गर्न लगाएमा त्यसलाई सरकारले कानुनबमोजिम कारबाही गरी मतदाताको मताधिकार सुनिश्चित गर्ने पनि कार्टरलाई जानकारी गराए ।


नेपाल सरकार
मन्त्रिपरिषद् अध्यक्षको निजी सचिवालय
पे्रस विज्ञप्ति


मन्त्रिपरिषद् अध्यक्ष रेग्मी–अमेरिकी पूर्वराष्ट्रपति कार्टर भेट

कार्टर सेन्टरका अध्यक्ष एवं अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरले २०७० मंसिर ४ गतेको संविधानसभा निर्वाचन सम्पन गर्ने वातावरण तयार गर्ने सन्दर्भमा मन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष खिलराज रेग्मी र उहाँ नेतृत्वको सरकारले सरकार गठन भएपछि निर्वाह गरेको भूमिकाको सिङ्गो अन्तराष्ट्रिय समुदायले उच्च मूल्याङ्कन र प्रशंसा गरेको बताउनुभएको छ । मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीसँग आज बिहान बालुवाटारमा भेटवार्ता गर्दै पूर्वराष्ट्रपति कार्टरले संविधानसभा निर्वाचनको तयारीबाट आफू उत्साही भएको बताउनुभयो । नेपालको विशेष परिस्थितिमा हुनलागेको संविधानसभा निर्वाचनको तयारी, व्यवस्थापन र सुरक्षा प्रबन्धबाट स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान कार्यक्रम सम्पन्न हुनेमा आफू विश्वस्त रहेको पनि उहाँले बताउनुभएको छ ।
भेटका अवसरमा पूर्वराष्ट्रपति कार्टरले नेपालमा रहेको कार्टर सेन्टरले गरेको अध्ययनबाट नेपाली मतदाता २०७० मंसिर ४ गते मतदान गर्न आतुर रहेको आफूले पाएको बताउँदै संविधानसभाको निर्वाचनपछि नेपालमा शान्ति, विकास र समृद्धिको थालनी हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले कार्टर सेन्टर लगायत अन्य अन्तर्राष्ट्रिय समुदायले निर्वाचनको पर्यवेक्षण गर्न तथा निर्वाचनमैत्री वातावरण निर्माण गर्न गरेको सहयोगको सराहना गर्दै सरकारले निर्वाचन लक्षित सुरक्षा प्रबन्धलाई मजबुत बनाएकाले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा आश्वस्त रहन आग्रह गर्नुभयो । साथै, निर्वाचन पर्यवेक्षणको लागि कार्टर स्वयं उपस्थित हुनु भएकोमा मन्त्रिपरिषद् अध्यक्षले धन्यवाद सहित आभार व्यक्त गर्नुभयो ।
भेटकै क्रममा मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले निर्वाचनविरोधी कुनैपनि हिंसात्मक गतिविधि हुन नदिन सरकारले विशेष सुरक्षा रणनीति अवलम्बन गरेको जानकारी गराउँदै भयरहित वातावरणमा निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको बताउनुभयो । साथै, मतदाताहरुको सविधानप्रदत्त मताधिकारलाई कुण्ठित पार्ने दुराशयले कसैले अवरोध गर्ने, हिँसात्मक कार्य गर्ने वा कानूनप्रतिकूल कुनै कार्य गरेमा वा गर्न लगाएमा त्यसलाई सरकारले कानूनबमोजिम कारबाही गरी मतदाताहरुको मताधिकार सुनिश्चित गर्ने पनि मत्रिपरिषद्का अध्यक्ष रेग्मीले पूर्वराष्ट्रपति कार्टरलाई बताउनुभयो ।


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete