Sunday, November 24, 2013

लगातार पाँचवटा चुनाव जित्ने चार हस्ती

पाँचपटक संसद सदस्य हुने अर्का हस्ती
काठमाडौं, ९ मंसिर– चार राजनीतिक हस्तीले २०४८ सालदेखि लगातार मुलुकमा भएका सबै पाँचवटा लोकतान्त्रिक चुनाव जित्ने रेकर्ड कायम गरेका छन् । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल, फोरम गणतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले २०४८ देखि लगातार पा“चपटक चुनाव जित्ने रेकर्ड कायम गरेका हुन् ।
उनीहरूले २०४८, २०५१, २०५६ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० को संविधानसभा चुनाव जितेका हुन् । देउवाले २०४८, २०५१, २०५६ सालको संसदीय निर्वाचन गृह जिल्ला डडेलधुराबाट जितेका थिए । उनले पहिलो संविधानसभा चुनाव डडेलधुरा र कञ्चनपुर–४ तथा दोस्रो संविधानसभा चुनाव भने डडेलधुरा र कैलाली–६ बाट जितेका हुन् ।
पौडेलले २०४८ को संसदीय निर्वाचन तनहु“–१ र २०५१, २०५६, २०६४ र २०७० को चुनाव भने तनहु“–२ बाट जितेका हुन् । फोरम (गणतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार पनि २०४८ सालदेखि हालसम्म निरन्तर चुनाव जितेको इतिहास कायम गरेका छन् ।
उनी कांग्रेसमा हु“दा २०४८, २०५१ र २०५६ मा सुनसरीबाट संसदीय चुनाव जितेका थिए । कांग्रेस छाडेर फोरममा लागेपछि उनले २०६४ को संविधानसभा चुनाव सुनसरी–३ र मोरङ ७ बाट जितेका थिए । यसपटक भने उनी सुनसरी–३ बाट जितेका छन् भने मोरङ–७ मा भने कांग्रेस नेता शेखर कोइरालासित पराजित भएका छन् । बिजुक्छले पनि भक्तपुर–१ बाट लगातार पा“चपटक चुनाव जिते ।
 चुकेका छन् । उनी २०४८, २०५१, २०५६ र २०६४ मा नवलपरासीबाट लगातार चुनाव जितेका थिए । यसपटक भने उनी नवलपरासी–५ मा कांग्रेसका उम्मेदवारसित पराजित भएका छन् ।
२०४८ देखि लगातार तीनवटा चुनाव जितेका कांग्रेसका बलबहादुर केसी, एमालेका नेता केपी ओली र राजेन्द्र पाण्डे भने २०६४ मा पराजित भएकाले पा“चपटकको रकर्ड राख्न पाएनन् । उनीहरू दुवै जनाले यसपटकको चुनाव भने जितेका छन् ।
कांग्रेसमा हु“दा २०४८, २०५१ र २०५६ मा चुनाव जितेका र हाल फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले २०७० मा समानुपातिक सिटबाट सभासदले भएकाले जनताबाट पा“चपटक प्रत्यक्ष निर्वाचित हुने रेकड राख्नबाट भने चुकेका छन् । यसपटक चौधरीले कैलाली–३ बाट चुनाव जितेका छन् । उनले लगातार २०४८, २०५१, २०५६ मा संसद तथा २०६४ र २०७० को संविधानसभा सदस्य हुने रेकर्ड भने राखेका छन् ।







1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete