Saturday, March 18, 2017

सुनकाण्डका अभियुक्त एसएसपी खत्री धरौटीमा छुटे

७ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
काठमाडौं, ५ चैत– ३३ किलो सुन तस्करी काण्डमा पक्राउ परेका नेपाल प्रहरीका एसएसपी श्याम खत्री शुक्रबार धरौटीमा छुटेका छन् । काठमाडौं जिल्ला अदालतका दीपेन्द्र अधिकारीको इजलासले खत्रीसहित ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । अदाततले एसएसपी खत्रीस“ग २ लाख रुपैया“ मात्र धरौटी मागेको थियो ।
खत्री शुक्रबारै २ लाख धरौटी बुझाएर छुटेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी काण्डमा संलग्न रहेको आरोपमा त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुख खत्रीलाई माघ २३ मा पक्राउ गरेको थियो भने प्रहरी प्रधान कार्यालयले तत्काल उनलाई निलम्बन गरेको थियो ।
खत्री सुरक्षा प्रमुख रहेकै बेला दुबईबाट आएको सुन विमानस्थलबाट बाहिरिएको थियो । सीआईबीको टोलीले उक्त सुन बरामद गरेको थियो । अनुसन्धानका क्रममा सुन तस्करहरूस“ग एसएसपी खत्रीको मिलेमतो देखिएको सीआईबीले अभियोगपत्रमा दाबी गरेको छ । 

सुन तस्करीमा संलग्न सपन श्रेष्ठ, सुनील श्रेष्ठ, राजेश शाक्य र मनोज श्रेष्ठसमेत १÷१ लाख धरौटी बुझाएर छुटेका छन् । अदालतले सुन तस्करीमा संलग्न थप ७ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाएको छ । सीआईबीले सुन तस्करी काण्डमा ३३ जनाविरुद्ध मुद्दा चलाएको थियो । त्यसमध्ये २१ जना अझै फरार छन् ।



No comments:

Post a Comment