Sunday, March 5, 2017

कोरियाले नेपाली कामदार कोटा ७१ सय बढायो

सन् २०१८ मा १० हजार २ सय कामदार लाने
काठमाडौं, २२ फागुन– दक्षिण कोरियाले आगामी वर्ष रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् नेपालबाट लाने कामदारको कोटा ठूलो संख्यामा बढाएको छ । श्रम तथा रोजगार मन्त्रालयका अनुसार कोरियाले सन् २०१८ मा नेपालबाट १० हजार २ सय कामदार लैजानेछ । कोरियाको मानव संशाधन विभाग (एचआरडी) ले श्रम मन्त्रालयलाई पत्र पठाई स्न २०१८ मा १० हजार २ सय कामदारको कोटा छुट्टयाइएको जनाएको छ ।
श्रम मन्त्रालयका अनुसार नेपालबाट अगामी वर्ष ६ हजार २ सय जना कृषिमा र ४ हजार जना औद्योगिक क्षेत्रमा काम गर्न जान पाउनेछन् । यो नेपालले सन् २०१७ मा पाएको कोटाभन्दा ७ हजार १ सयले बढी हो । गत वर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए, जसमध्ये ३५ स मात्रै इपीएस परिक्षामा उत्तीर्ण भएका थिए । दक्षिण कोरियाले सन् २०१७ का लागि नेपालबाट ३१ सय कामदारमात्र लाने कोटा छुट्टयाएको थियो ।

श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले दक्षिण कोरियाले आगामी वर्षका लागि कामदार कोटा बढाएको जानकारी दिए । श्रम मन्त्रालयका अनुसार कामदारको कोटा बढेकाले यस वर्ष कोरियन भाषा पढ्ने धेरै जना ईपीएस परिक्षामा उत्तीर्ण हुनेछन् । ईपीएसअन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको फाराम चैत ९ देखि खुला हुनेछ । कोरिया जान इच्छुकले यस वर्षदेखि अनलाइनबाट समेत फाराम भर्न सक्नेछन् ।
वैदेशिक रोजागर विभागको ईपीएस कोरिया शाखाले चैत ९ देखि १८ सम्म ईपीएस परीक्षाको अनलाइन आवेदन फाराम बुझ्नेछ ।  ईपीएस शाखाले फारम भर्ने अनलाइन प्रणाली विकास गरिसकेको जानकारी विभागले दिएको छ । विभाग आफ्नै स्रोतमा अनलाइनबाट फाराम भर्न सकिने प्रणाली विकास गरेको हो । 
अनलाइन सुविधाका कारण यसअघिका वर्षजस्तो दक्षिण कोरिया जान चाहनेहरूले फाराम बुझाउन लामो समय लाइन बस्नु पर्ने समस्या अन्त्य हुने जानकारी विभागले दिएको छ । दक्षिण कोरिया नेपालको आकर्षक रोजगार गन्तव्य हो । कोरियामा नेपाली कामदारले मासिक १ लाख रुपैया“भन्दा बढी कमाइ गर्छन् । आकर्षक आम्दानीका कारण ठूलो संख्यामा नेपाली युवाले कोरिया जान कोरियन भाषा पढै आएका छन् ।
कोरियामा जान इच्छुकले घरमै बसेर अनलाइनमार्फत् फाराम भर्न पहिला ईपीएस शाखाले तोकेको बैंकमा आवेदन शुल्क बुझाउनुपर्छ । रकम जम्मा गरेको बैंकको कोड राखेपछि मात्रै अनलाइन फाराम सब्मिट हुने जानकारी विभागले दिएको छ । कोरियाले सन् २००८ देखि इपीएसमार्फत नेपाली कामदारलाई ‘प्रशिक्षार्थी’ का रूपमा लिन थालेको हो ।


No comments:

Post a Comment