Saturday, March 18, 2017

प्रधानमन्त्रीलाई चुनाव तयारीबारे जानकारी

काठमाडौं, ५ चैत– निर्वाचन आयोगले स्थानीय चुनावका तयारीबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई शुक्रबार जानकारी गराएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी पुनःसंरचित ७ सय ४४ वटा स्थानीय तहको चुनावको तयारीका विषयमा जानकारी गराएका हुन् ।
भेटमा यादवले निर्वाचन आयोगको कामकारबाही तथा चुनावको तयारीका विषयमा जानकारी गराउ“दै निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । प्रत्युत्तरमा प्रधानमन्त्रीले चुनावका लागि विश्वासको वातावरण बनाउन आफूले पहल गरिरहेको जानकारी गराए । 

यादवले आयोगले निर्वाचनका लागि कर्मचारी खटाउने र सबै जिल्लामा निर्वाचन सामग्री पठाउने कार्य भइराखेको तथा मतपत्र छाप्ने जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिएको प्रधानमन्त्रीलाई बताएका थिए ।

No comments:

Post a Comment