Thursday, March 30, 2017

लोहनीको नेतृत्वमा नयाँ राप्रपा

काठमाडौं, १७ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा.प्रकाशचन्द्र लोहनीले बुधवार नयाँ पार्टी घोषणा गरेका छन् । उनको नेतृत्वमा एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बनेको हो ।नया“ पार्टीको मुख्य एजेण्डा हिन्दु धर्म र राजसंस्था रहेको छ । चुनाव चिन्ह हलो रहने लोहनीले बताए ।
फागुनको पहिलो साता कमल थापा नेतृत्वको राप्रपाको महाधिवेशन लगत्तै लोहनी चुनाव चिन्हमा असहमति राख्दै पार्टीबाट बाहिरिएका थिए । नया“ पार्टीमा राप्रपाबाटै बाहिरिएका नेता केशरबहादुर विष्टसहितका नेता छन् ।

उनले मुलुकलाई समुन्नत दिशामा अघि बढाउन आफ्नो पार्टीको आवश्यकता रहेको दावी पत्रकार सम्मेलनमा गरे । 

No comments:

Post a Comment