Sunday, April 2, 2017

वैद्य माओवादीले चुनावमा भाग लिने

काठमाडौं, २० चैत– मोहन वैद्य नेतृत्वको नेकर्पा (क्रान्तिकारी माओवादी) ले स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष वैद्यले शनिबार विज्ञप्ति जारी गरी  चैत १४ र १५ मा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले चुनावमा भाग लिने निर्णय गरेको जनाएका छन् ।
वैद्य माओवादीले आफ्ना नेता सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाका नाममा स्थानीय चुनावमा भाग लिने निर्णय गरेको छ । विज्ञप्तिमा स्थानीय चुनाव आमजनताको अत्यावश्यक तथा दैनिक कामको व्यवस्थापनस“ग जोडिएको, क्रान्तिको तयारीका लागि जनाधार तयार पार्न तथा संगठन विस्तार गर्न आवश्यक भएकाले क्रान्तिकारी ढंगले चुनावको उपयोग गर्ने उल्लेख छ । 

चुनाव उपयोग गर्दा दक्षिणपन्थी र बहिष्कार गर्दा क्रान्तिकारी भइन्छ भन्ने मानसिकता गलत भएकोसमेत विज्ञप्तिमा उल्लेख छ । 

No comments:

Post a Comment