Sunday, April 23, 2017

नौ नगरमा माओवादीका उम्मेदवार घोषणा

काठमाडौं, १० वैशाख– माओवादी केन्द्रले काठमाडौंका ९ नगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार घोषणा गरेको छ । तर, केन्द्रले काठमाडौं महानगरको मेयर÷उपमेयरको उम्मेदवार भने तय गर्न बा“की छ । माओवादी केन्द्रको जिल्ला कमिटीले शंखरापुर नगरपालिकाको मेयरमा कृष्णराज सुवेदी र उपमेयरमा इन्द्रमाया तामाङ, मनोहरा कागेश्वरीको मेयरमा महेश्वर फुया“ल र उपमेयरमा रुकु रणपाल, गोकर्णेश्वरको मेयरमा टीआर नेपाल र उपमेयरमा रेणु कार्कीलाई उम्मेदवार बनाएको छ ।
बुढानिलकण्ठ नगरपालिकाको मेयरमा रविन अधिकारी र उपमेयरमा होमकुमारी दुलाल, टोखाको मेयरमा कल्पना शर्मा र उपमेयरमा दिपक बानिया, तार्केश्वरको मेयरमा धनलाल महर्जन र उपमेयरमा बिना राना, नागार्जुन नगरपालिकाको मेयरमा कुमार तामाङ र उपमेयरमा देवकी पौडेल, चन्द्रागिरीको मेयरमा श्रीकृष्ण श्रेष्ठ र उपमेयरमा उर्मिला रोका तथा दक्षिणकाली नगरपालिकाको मेयरमा संजय लामालाई उम्मेदवार घोषणा गरेको छ । 

माओवादी केन्द्रका काठमाडौंका इन्चार्ज लेखनाथ न्यौपानेले दक्षिणकाली नगरको उपमेयर तथा काठमाडौं महानगरको मेयर र उपमेयरको उम्मेदवार भने केही दिनपछिमात्र घोषणा गरिने जानकारी दिए ।

No comments:

Post a Comment