Friday, April 21, 2017

जहाज किन्न सरकार जमानी

दुइटा वाइडबडी जहाज खरिदका लागि निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट २२ अर्ब ऋण लिदै छ 
काठमाडौं, ८ वैसाख– नेपाल वायु सेवा निगमले दुइटा वाइडबडी जहाज खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिने ऋणमा सरकार जमानी बस्ने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले जहाज खरिदका लागि निगमले दुई सरकारी वित्तीय संस्थाबाट लिने ऋणमा सरकार जमानी बस्ने निर्णय लिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकारी दिए ।
निगमले गत चैत २५ मा अमेरिकी विमान कम्पनी ‘एएआर’स“ग २१ अर्ब ९० करोड रुपैया“मा एयर बसका दुइटा वाइडबडी जहाज खरिद गर्ने सम्झौता गरिसकेको छ । त्यसका लागि दुई कोषस“ग २२ अर्ब रुपैया“ ऋण लि“दै छ । सरकार जमानी बसिदिएपछि दुवै कोषले निगमलाई सहज रूपमा ऋण उपलब्ध गराउनेछन् ।
निगमले खरिद गर्ने पहिलो जहाज सन् २०१८ को अप्रिल र दोस्रो मेमा नेपाल आइपुग्ने सम्झौतामा उल्लेख छ । यी दुई जहाजबाट छिमेकी चीन र युरोपेली मुलुकसहित लामो रुटमा उडान भर्ने कार्ययोजना निगमले बनाइसकेको छ ।

सम्झौताअनुसार निगमले दुइटा ए ३३०–२०० वाइडबडी एयरबस २० करोड ९६ लाख अमेरिकी डलरमा खरिद गर्नेछ । सम्झौतामा पहिलो किस्ताबापत करिब ३५ प्रतिशत रकम पठाउनुपर्ने उल्लेख छ । निगमले माघको दोस्रो साता करिब ११ करोड रुपैया“ बैना रकम उक्त कम्पनीलाई दिइसकेको छ ।
निगमले किन्ने तयारी गरेका यी दुई जहाज सेकेन्डह्यान्ड हुन् । निगमले टेन्डर नै एयरबसका एक हजार घण्टाभन्दा कम उडेका जहाज किन्ने गरी सार्वजनिक गरेको थियो । निगमको दाबीअनुसार एएआरले दिन खोजेका जहाज सेकेन्डह्यान्ड तर उडान नभएका हुन् । कुनै एक कम्पनीले अर्डर गरेका तर विविध कारणले किन्न नसकेका जहाज एएआरले नेपाललाई उपलब्ध गराउनेछ । 
अमेरिकी कम्पनीले १० कम्पनीलाई पछि पार्दै निगमको ग्लोबल टेन्डर जितेको थियो । नया“ जहाजमा २५० देखि २८० सम्म सिट हुनेछन् । निगम र एएआरबीचको सम्झौताअनुसार निगमलाई दुवै जहाज सन् २०१८ को अप्रिलदेखि जुनको बीचमा हस्तान्तरण गरिनेछ । यो सम्झौता कार्यान्वयनपछि एक वर्षभित्र निगमस“ग ठूला दुईसहित अन्तर्राष्ट्रिय उडानका लागि ५ वटा जहाज हुनेछन् । हाल एक बोइङ ७५७–२०० र दुई एयरबस ३२०–२०० सिरिजका न्यारोबडी जहाजमार्फत ८ गन्तव्यमा उडान भरिरहेको छ । एउटा बोइङ भने थन्किएको छ । नया“ विमानबाट निगमले दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, साउदी अरेबियाजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ ।


No comments:

Post a Comment