Wednesday, April 12, 2017

मन्त्रिपरिषदले सेनालाई दियो जहाज किन्न स्वीकृति

काठमाडौं, ३१ चैत– सरकारले नेपाली सेनालाई एउटा जहाज खरिद गर्नका लागि स्वीकृति दिएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले रक्षा मन्त्रालयको प्रस्तावमा सेनालाई जहाज खरिद गर्न स्वीकृति दिएको हो ।
मन्त्रिपरिषदले गृह मन्त्रालयलाई आगामी बैशाख ३१ मा हुने स्थानीय तहको चुनावका लागि ७५ हजार म्यादी प्रहरी भर्ना गर्न सहमति दिएको छ । उपप्रधानमन्त्रीद्वय बिमलेन्द्र निधि र कमल थापाबीचको वरियता विवादका कारण मन्त्रिपरिषद बैठक बस्न नसकेका कारण म्यादी प्रहरी भर्ना गर्नका लागि मंगलबारमात्र औपचारिक स्वीकृति दिइएको हो । गृह मन्त्रालयले यसअघि नै म्यादी प्रहरी भर्ना गरी तालिम दिन थालिसकेको छ ।
भारतीय सेनाले चलाएको गोली लागेर मृत्यु भएका वासुदेव शाहको परिवारलाई १० लाख रुपैया“ राहत प्रदान गर्ने निर्णयसमेत मन्त्रिपरिषदले गरेको छ । सरकारले राजबिराज घटनामा मृत्यु भएका इन्द्र यादवको परिवारलाई १० लाख रुपैया“ राहत दिने निर्णय गरेको छ ।

सरकारले चीनको ल्सामा महावाणिज्य दूतावास भवन निर्माण गर्न चीनले सहयोग गर्ने भएकाले चिनिया“ सरकारसंग समन्वय गर्ने जिम्मा महावाणिज्यदूत गोबिन्दबहादुर कार्कीलाई जिम्मा दिएको छ । 
मन्त्रिपरिषदले जातीय भेदभाव र छुवाछूत कसुर सजाय ऐन २०७३ लाई स्वीकृत गर्ने र स्थानीय तहको शासन संचालन सम्बन्धमा तयार गरिएको विधेयकलाई संसदमा पेश गर्ने निर्णय गरेको जानकारी सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले दिए । काठमाडौं उपत्यकाको  पर्यावरणलाई सुधार गर्न मुख्यसचिवको संयोजकत्वमा समिति गठन गरी सम्बन्धित मन्त्रालयका सचिवहरूसंग समन्वय गरी काम गर्न निर्देशन दिएको छ । सरकारले स्वास्थ्यमन्त्रालयको प्रस्तावमा सबै नेपालीलाई स्वास्थ बिमा गर्नेसम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णयसमेत गरेको छ । 
सरकारले तेह्रथुम र भोजपुरमा आगलागीबाट पीडित परिवारलाई गाउ“मा १५ लाख र सहरमा २५ लाख रुपैया“ सहुलियत ऋण उपलब्ध गराउने निर्णय गरेको छ । सिराहाको दलित बस्ती सखुवाकट्टी गाविसमा भएको आगलागीका पीडितलाई तत्काल राहत दिने निर्णय गरेको जानकारीसमेत थानीले दिए ।


No comments:

Post a Comment