Sunday, April 2, 2017

कांग्रेसद्वारा घोषणापत्र समितिलाई पूर्णता

काठमाडौं, २० चैत– प्रमुख सत्तारूढ घटक कांग्रेसले नेता महेश आचार्यको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समितिलाई शनिबार पूर्णता दिएको छ । पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकको निर्णयानुसार गठित समितिलाई शनिबार ३५ सदस्यीय बनाएर पूर्णता दिइएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिका अनुसार घोषणापत्र मस्यौदा समितिको सदस्यमा रामशरण महत, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, नारायण प्रकाश साउद, डा शेखर कोइराला, उमाकान्त चौधरी, भीष्मराज आङम्बे, आनन्दप्रसाद ढुङ्गाना, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, प्रदीप पौडेल, विश्वप्रकाश शर्मालगायतलाई राखिएको छ । समितिमा पार्टीबाट मन्त्रिपरिषदमा सामेल सबै मन्त्रीलाई आमन्त्रित सदस्यका रूपमा राखिएको छ । 

समितिले घोषणापत्रलाई अन्तिम रूप दिन केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यस“ग परामर्श गर्नेछ । समितिले घोषणापत्र मस्यौदा गर्न पार्टीका सांसद र संसदीय दलस“ग परामर्श गर्ने कार्यविधि अवलम्बन गर्ने तथा पार्टीका जिल्ला, क्षेत्रीय, नगर, गाउ“पालिका तहका कार्यसमितिका पदाधिकारी र सबै भ्रातृ एवं शुभेच्छुक संस्थाका सभापति÷अध्यक्षलाई आमन्त्रण गरी छलफल गर्ने, पार्टीका विभिन्न तह÷निकायबाट सुझाव आह्वान गर्ने जानकारी कांग्रेस केन्द्रीय कार्यालयले दिएको छ । समितिले पार्टी निकट बुद्धिजीवी तथा प्रबुद्ध वर्गस“ग समेत विषयगत परामर्श गर्नेछ । 


No comments:

Post a Comment