Thursday, October 24, 2013

चुनावमा खटिने सबै कर्मचारी र सुरक्षाकर्मीलाई १५ लाखको बिमा

काठमाडौं, ७ कात्तिक– सरकारले संविधानसभा चुनावमा खटिने सम्पूर्ण कर्मचारी र सुरक्षाकर्मीलाई १५ लाख रुपैया“ बराबरको बिमा गरिदिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले चुनाव गराउन खटिएका कुनै पनि कर्मचारी या सुरक्षाकर्मीको मृत्यु भएमा १५ लाख रुपैया“ बराबरको बिमा या क्षतिपूर्ति दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
मन्त्रिपरिषदले गृह मन्त्रालयको प्रस्तावमा चुनावी बिमाको व्यवस्था गरेको हो । पौडेलले चुनावमा खटिने सेना, सशस्त्र र नेपाल प्रहरीका सबै जनालाई अतिरिक्त सुविधा दिने निर्णय गरेको जानकारीसमेत दिए । अतिरिक्त सुविधा कति दिने भन्ने चाहि“ उनले उल्लेख गरेनन् ।
पौडेलले संविधानसभा चुनावमा फोटोसहितको मतदाता परिचयपत्र लागू हुने बताए । उनले शुक्रबारदेखि निर्वाचन आयोगले मतदाता परिचयपत्र छाप्ने कार्य सुरु गर्ने जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषदले सचिव र सहसचिवहरूलाई विभिन्न क्षेत्रमा चुनावको अनुगमन गर्न खटाउने निर्णयसमेत गरेको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete