Monday, December 2, 2013

चुनाव धा“धलीरहित र शान्तिपूर्ण : मन्त्रिपरिषद

काठमाडौं, १७ मंसिर– सरकारले सरकारले हालै सम्पन्न संंविधानसभा चुनाव निष्पक्ष, स्वतन्त्र,  धा“धलीरहित तथा  भयरहित शान्तिपूर्ण  वातावरणमा  विश्वसनीय  ढंगबाट  सम्पन्न भएको निष्कर्ष निकालेको छ ।
एमाओवादीले चुनावमा धा“धली भएको आवाज उठाइरहेका बेला मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चुनाव धा“धलीरहित, निष्पक्ष र  भयरहित शान्तिपूर्ण  वातावरणमा  विश्वसनीय  ढंगबाट  सम्पन्न भएको निष्कर्ष निकालेको हो ।
‘चुनाव गराउन नेपालको अन्तरिम संंविधान २०६३ बमोजिम विशेष जिम्मेवारी पाएको निर्वाचन  आयोगबाट  निष्पक्ष, स्वतन्त्र,  धा“धलीरहित,  पारदर्शी  र  विश्वसनीय  ढंगबाट
निर्वाचन सम्पन्न भएको छ भन्ने कुरामा नेपाल सरकार विश्वस्त छ’ मन्त्रिपरिषद बैठकपछि सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता माधव पौडेलले संवाददाताहरूसित भने ।
मन्त्रिपरिषदले विभिन्न कठिनाइ एवं चुनौतीका बाबजुद पनि अभूतपूर्व रूपमा  नेपाली  जनताको  अधिकाधिक  सहभागिताका  साथ  उल्लासमय  वातावरणमा  निर्वाचन सम्पन्न भएकामा आममतदाताप्रति आभारसमेत व्यतm गरेको छ ।
सरकारले संविधानसभा चुनाव सम्पन्न गराउन अहोरात्र खटिएको निर्वाचन आयोग, चुनावमा  भाग  लिने  सम्पूर्ण  दल  तथा  उम्मेदवार,  सञ्चारकर्मी, मानव अधिकारकर्मी,  पेशाकर्मी,  संघसंस्था, पर्यवेक्षक, अनुगमनकर्ता  तथा  राष्ट्रसेवक कर्मचारी सबैलाई हार्दिक धन्यवादसमेत व्यतm गरेको छ ।
सरकारले संविधानसभाको सफल चुनावबाट नेपाली जनताले आफ्नो संविधान आफैंं बनाउने, स्थिर सरकार  निर्माण  गर्ने  र  राजनीतिक  स्थायित्व  कायम  गरी  मुलुकलाई  समृद्धितर्फ लैजाने मार्ग प्रशस्त भएको विश्लेषणसमेत गरेको छ ।
मन्त्रिपरिषदले नेकपा माओवादीद्वारा संविधानसभा चुनाव बिथोल्न आयोजना गरिएको नेपाल बन्दका क्रममा गाडी चलाउ“दा आगजनी र पेट्रोल बम प्रहारमा परी मारिएका दुई जना सवारी चालक र सहचालकको आश्रित परिवारलाई १०÷१० लाख रुपैया“ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ ।
सरकारले कात्तिक २८ मा पूर्व–पश्चिम राजमार्गअन्र्तगत बारा जिल्लाको सिमरामा  पर्ने दुधौरा पुलनजिक नेकपा–माओवादीका कार्यकर्ताद्वारा ना ३ ख ५६७९ नम्बरको ट्रकमा आगजनी गर्दा मारिएका चालक राजु क्षेत्री भनिने राजकुमार देउजा क्षेत्रीको आश्रित परिवारलाई १० लाख रुपैया“ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।
त्यसैगरी सरकारले बाराबाट काठमाडौं आउ“दै गरेको ना ४ ख ९८३६ नम्बरको  यात्रुबाहक  बसलाई मकवानपुरमा पेट्रोल बम प्रहार गर्दा मारिएका सहचालक  राकेश  यादवका पीडित परिवारलाई १० लाख रुपैया“ राहत प्रदान गर्ने निर्णय गरेको छ ।
दुई साधकलाई उपचार खर्च
सरकारले केही समयअघि निधन भएका संगीतकार  तथा गायक फत्तेमान  राजभण्डारीको परिवारलाई उनको क्यान्सर उपचारका लागि लागेको खर्चबापत ५ लाख रुपैया“ दिने निर्णय  गरेको  छ  ।  यसैगरी  संगीतकार तथा गीतकार  दीपक  जंगमलाई  मुटु रोगको उपचारबापत ५ लाख रुपैया“ आर्थिक सहायता दिने निर्णय गरेको छ ।
तीन सहसचिवको सरुवा
सरकारले न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका तीन सहचिवलाई सरुवा  गरेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार विशेष  अदालतका  रजिष्ट्रार  धीरबहादुर  चन्दलाई  पुनरावेदन  अदालत  महेन्द्रनगरको रजिष्ट्रार  पदमा,  पुनरावेदन  पोखराका  रजिष्ट्रार  नातिबाबु  लामिछानेलाई  विशेष अदालतको  रजिष्ट्रारमा  र  पुनरावदेन  बागलुङका  रजिष्ट्रार  देवेन्द्रराज  ढकालालाई पोखराको रजिष्ट्रारमा सरुवा गरिएको छ ।


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete