Tuesday, January 3, 2012

छ सचिव बढुवाको तयारी

काठमाडौं, १९ पुस- सरकारले विभिन्न मन्त्रालय र निकायमा रिक्त छ सचिव पदमा बढुवाका लागि गृहकार्य सुरु गरेको छ । सामान्य प्रशासन मन्त्रालयले छ जना सचिव बढुवाका लागि १८ जना सहसचिवको नाम सिफारिस गर्न शुक्रबार बढुवा समितिको बैठक बोलाएको छ ।
निजामती ऐनमा असार र पुसमा रिक्त विशिष्ट श्रेणी पदमा बढुवा गर्ने व्यवस्थाअनुसार सरकारले सचिवमा पदोन्नतिका लागि बढुवा समितिको बैठक बोलाएर गृहकार्य सुरु गरेको जानकारी स्रोतले दिए ।
लोकसेवा आयोगका सदस्य कृष्ण पोखरेलको अध्यक्षतामा बस्ने बढुवा समितिको बैठकले पाँच वर्ष सेवा अवधि पुगेका सहसचिवहरुमध्येबाट कार्यसम्पादन मूल्यांकन र वरिष्ठता हेरी छ सचिव पदका लागि निजामती ऐनबमोजिम तीन गुना बढी अर्थात् १८ जनाको नाम सिफारिस गर्नेछ । मन्त्रिपरिषदले सिफारिस नाममध्येबाट ६ जनालाई सचिवमा बढुवा गर्नेछ ।
लोकसेवाका अध्यक्ष कयोंदेवी यमीले बढुवा समितिका लागि पोखरेललाई अध्यक्ष तोकेकी छन् । समितिमा लोकसेवाका अर्का सदस्य टिकादत्त निरौला, विज्ञ, मुख्यसचिव माधव घिमिरे र सामान्य प्रशासन सचिव सदस्यसचिव छन् ।
सचिवहरु पूर्ण कडरिया, मोदराज डोटेल, मदन भट्टराई, माधव घिमिरे, गोविन्द कुसुम, शंकर पाण्डेले अवकास पाएपछि छ पद रिक्त रहेको हो । परराष्ट्र मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र चारवटा क्षेत्रीय प्रशासन कार्यालय पूर्वााचल, पश्चिमााचल, मध्यपश्चिमााचल र सुदूर पश्चिमााचलमा सचिव विशिष्ट श्रेणी पद रिक्त छ ।

No comments:

Post a Comment