Tuesday, January 3, 2012

मन्त्री त्रिपाठीको स्वार्थमा सरुवा

काठमाडौं, १९ पुस- सरकारले भौतिक योजना तथा निर्माण मन्त्रालयका एक महानिर्देशकसहित तीन सहसचिवको सरुवा गरेको छ । भौतिक योजनामन्त्री हृदयेश त्रिपाठीले गरेको तीन सहसचिवको सरुवाको निर्णयमा सामान्य प्रशासन मन्त्रालयले सहमति दिएको जानकारी स्रोतले दिए ।
स्रोतका अनुसार भवन तथा सहरी विकास विभागका महानिर्देशक महेन्द्र सुब्बालाई भौतिक योजना मन्त्रालयमा सरुवा गरिएको छ । नगर विकास समितिका कार्यकारी निर्देशक अशोकनाथ उप्रेतीलाई भवन विभागको महानिर्देशकमा सरुवा गरिएको छ ।
चार महिनामात्र पदावधि बाँकी रहेका उप्रतीलाई पुनः महानिर्देशक बनाइएको हो । मन्त्री त्रिपाठीले आफ्नो अनुकूलका उप्रेतीलाई आकर्षक ठाउँमा सरुवा गरेका हुन् । अघिल्ला भौतिक योजना मन्त्री टोपबहादुर रायमाझीका पालामा उप्रेतीलाई महानिर्देशकबाट हटाइएको थियो । मन्त्रालयको भवन महाशाखा प्रमुख सुरेश आचार्यलाई नगर विकास समितिको कार्यकारी निर्देशकमा सरुवा गरिएको छ ।

No comments:

Post a Comment