Sunday, January 1, 2012

यतिसम्म गैर जिम्मेवार हुँदा रहेछन् सचिव र सहसचिव

काठमाडौं, १७ पुस- कतिपय उच्च पदस्थ कर्मचारी आफ्नो दायित्व निर्वाह नगरी हदैसम्मको हेल्चक्र्याइँ र गैरजिम्मेवारी प्रदर्शन गर्नसमेत पछि पर्दैनन् भन्ने उदाहरण बनेको छ- मुलुकमा लगानी अभिवृद्धि गर्न गठित महत्वपूर्ण निकाय ुनेपाल व्यवसाय माचु मातहतको निजी क्षेत्र विकास समिति । मुख्यसचिव माधव घिमिरेले आइतबार केन्द्रीय सचिवालय िसंहदबारमा बोलाएको समितिको बैठक धेरैजसो जिम्मेवार अधिकारीको गैरजिम्मेवारीका कारण एजेन्डामा प्रवेशै नगरी स्थगित गरिएको छ ।
मुख्यसचिवको अध्यक्षतामा रहेको निजी क्षेत्र विकास समितिको मातहतमा विभिन्न चार मन्त्रालयका सचिव र राष्ट्र बैंकका डेपुटी गभर्नर सहअध्यक्ष रहेका पाँचवटा कार्यसम्पादन समूह छन् । छलफलको सुरुमै महिला मन्त्रालयका सचिव आनन्द पोखरेल र अर्थ मन्त्रालयका निमित्त सचिव शान्तराज सुवेदीले आफू सहअध्यक्ष रहेको कार्यसम्पादन समूहमा को को सदस्य छन् त्यसको के के काम हो भन्नेसमेत आफूलाई थाहा नभएको बताए ।
समितिको फोकल मन्त्रालय उद्योगका सचिव उमाकान्त झा र सहसचिव अनिलकुमार ठाकुरले कुनै पनि कार्यसम्पादन समूहको प्रगति विवरण माग्न र आए/नआएको फ्लोअप गर्न नभ्याएको लाचारी व्यक्त गरेपछि पछि निजी क्षेत्र विकास समितिको बैठक एजेन्डामा प्रवेशै गर्न नसकी स्थगित भएको हो ।
व्यवसायी माच गठन आदेश २०६७ अनुसार उद्योग निजी क्षेत्र विकास समितिको समन्वयकारी मन्त्रालय हो भने त्यसका औद्योगिक प्रवद्र्धन महाशाखाका सहसचिव समितिको सदस्यसचिव । पाँचवटै कार्यसम्पादन समूहमा उद्योग वाणिज्य महासंघ उद्योग परिसंघ चेम्बर अफ कमस्रसहित निजी क्षेत्रका विभिन्न व्यवसायी संगठनका प्रतिनिधि सदस्य छन् ।
सार्वजनिक र निजी क्षेत्रबीच नियमित संवाद र सहकार्यलाई अभिप्रेरित गर्न व्यवसाय साचालन र लगानी अभिवृद्धिमा आइपर्ने अवरोध तथा समस्याको पहिचान व्यवसाय साचालन र लगानी अभिवृद्धिका लागि सरकारलाई सिफारिस गर्न तथा त्यसलाई कार्यान्वयन र अनुगमन गराउन नेपाल व्यवसाय माच गठन गरिएको हो । मुख्यसचिवको अध्यक्षतामा रहेको निजी क्षेत्र विकास समिति र पाँचवटा कार्यसम्पादन समूह निजी क्षेत्रका व्यवसायी संगठनका प्रतिनिधिहरुसित नियमित छलफल गरी माचका तर्फबाट समस्या समाधान गरी लगानी अभिवृद्धि गराउने अधिकार सम्पन्न कार्यकारी अंग हुन् ।
यति महत्वपूर्ण समिति र कार्यसम्पादन समूहमा रहेका अधिकांश जिम्मेवार अधिकारीमा आ-आफ्नो दायित्वप्रति यस्तो अज्ञानता र लाचारी रहेपछि अधिकारसम्पन्न नेपाल व्यवसाय माचको मुलुकमा लगानी बढाउने उद्धेश्य पूरा नहुने चिन्ता सरकारी अधिकारीले नै प्रकट गरेका छन् ।
समितिका सहअध्यक्ष विभिन्न मन्त्रालयका सचिव समन्वयकारी मन्त्रालय उद्योगका सचिव झा र सदस्यसचिवले नै कार्यसम्पादन समूहको प्रगति विवरण दिनु त परको कुरा समूहमा को सदस्य छन् भन्नेबारेमा नै अनभिज्ञता प्रकट गर्नु गैरजिम्मेवारीको पराकाष्ठा भएको बैठकमा सहभागी स्रोतले उल्लेख गरेको छ ।
मुख्यसचिव घिमिरेले कार्यसम्पादन समूहले कुनै प्रगति विवरण दिन नसक्नु हेल्चक्र्याइँ र गैरजिम्मेवारी हो भन्दै बैठक स्थगित गरेका हुन् । 'सह-अध्यक्षहरुलाई नै आ-आफ्नो कार्यसम्पादन समूहमा को को सदस्य छन् त्यसले के के काम गर्ने हो मुलुकमा लगानी बढाउन बनेको यति महत्वपूर्ण समितिका बारेमा ज्ञान नहुनु र त्यसबारेमा कुनै तयारी नगर्नु हदैसम्मको गैरजिम्मेवारी हो' मुख्यसचिव घिमिरेको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक अधिकारीले भने । स्रोतका प्रगति विवरण आएपछिमात्र बस्ने गरी बैठक स्थगित गरिएको छ ।
मुख्यसचिवले समितिको फोकल मन्त्रालय उद्योगका सचिव झा र औद्योगिक प्रवद्र्धन महाशाखाका सहसचिव एवं समितिका सदस्यसचिव ठाकुरप्रति कार्यसम्पादन समूहहरुसित प्रगति विवरण माग्ने फ्लो अप गर्ने दायित्व निर्वाह नगरेकामा पनि रोष प्रकट गरेका थिए ।
समितिका सदस्यसचिव ठाकुरले कार्यसम्पादन समूहमा रहेका निजी क्षेत्रका व्यक्तिहरु बैठकमा आउँदै नआउने गरेकाले प्रगति विवरण दिन नसकिएको दाबी गरे । 'कार्यसम्पादन समूहको बैठकमा निजी क्षेत्रका व्यक्तिहरु नै आउँदैनन् त्यही कारण प्रगति विवरण दिन नसकेका हौं' उनले भने ।

No comments:

Post a Comment