Thursday, January 5, 2012

सडक विभागमा मन्त्रीपिच्छे नयाँ महानिर्देशक

काठमाडौं, २१ पुस- सरकारले सबभन्दा बढी विकास बजेट भएको सडक विभागमा एक वर्षमै तीनपटक महानिर्देशक परिवर्तन गरेको छ । छिटोछिटो सरकार परिवर्तन भएका कारण ३१ अर्ब विकास बजेट भएको विभागको नेतृत्व पनि अस्थिर हुन पुगेको छ ।
भौतिक योजना मन्त्री हृदयेश त्रिपाठीले विभागका महानिर्देशक इन्दु शर्मा ढकाललाई हटाई नयाँ ल्याएका छन् । ढकाललाई दिगो सहरी यातायात आयोजनाको कार्यकारी निर्देशकमा सुरुवा गरिएको छ । आयोजनाका कार्यकारी निर्देशक दिनकर शर्मालाई विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।
शर्मा ढकालभन्दा वरिष्ठ हुन् । महानिर्देशक परिवर्तन भएपछि मातहतका सडक डिभिजन कार्यालयका प्रमुखहरुसमेत परिवर्तन हुने गर्छन् । सरकार अस्थिर भएका कारण एक नपुग्दै तीन महानिर्देशक फेरिएका छन् । तत्कालीन भौतिक योजना मन्त्री विजयकुमार गच्छदारका पालामा महानिर्देशक बनाइएका हरिओम श्रीवास्तलाई त्यसपछिका मन्त्री टोपबहादुर रायमाझीले ६ महिनामै हटाएर ढकाललाई ल्याए । वर्तमान मन्त्री त्रिपाठीले रायमाझीको पालामा महानिर्देशक बनाइएका ढकाललाई ५ महिनामै हटाएर शर्मालाई ल्याएका हुन् ।

No comments:

Post a Comment