Tuesday, November 8, 2016

उपत्यकालाई तत्काल लोडसेडिङमुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

सम्भव छैन : ऊर्जा मन्त्रालयका अधिकारी
काठमाडौं, २३ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोमबार बिहान बालुवाटार बोलाएर काठमाडौं उपत्यकालाई तत्काल लोडसेडिङमुक्त बनाउन निर्देशन दिएका छन् । प्राधिकरणले चरम लोडसेडिङ हुने बेलामा मात्र चलाउनुपर्ने कुलेखानी जलाशययुक्त आयोजना दसैंदेखि लगातार चलाएर उपत्यकामा बढी समय बिजुली दिइरहेको छ । प्रधानमन्त्रीले राजधानीमा बढी समय बिजुली बलिरहेको मौका छोपी घिसिङलाई बोलाएर ‘काठमाडौं उपत्यका’ लाई लोडसेडिङमुक्त बनाउन ‘पपुलिस्ट’ निर्देशन दिएको जानकारी स्रोतले दिएको छ ।
स्रोतका अनुसार प्राधिकरणले सकेसम्म वर्षभर सन्तुलित तबरमा विद्युत वितरण गर्नुपर्ने कुरालाई बेवास्ता गरी कुलेखानी पहिलो र दोस्रो जलविद्युत आयोजना दैनिक चलाएर उपत्यकालाई ‘लोडसेडिङमुक्त’ बनाउने प्रयास गरिरहेको छ ।

अघिल्ला वर्षहरूमा रन अफ रिभर (नदीको बहावमा आधारित) जलविद्युत आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन भइरहेका बेला कुलेखानी जलाशययुक्त आयोजनाबाट बिजुली निकालिंदैनथ्यो । मन्सुन असोज दोस्रो सातासम्म जारी रहेकाले यस वर्ष हालसम्म रन अफ रिभर आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन भइरहेको छ । 
 अघिल्ला वर्षहरूमा अति आवश्यक हुने अर्थात् सबभन्दा बढी समय लोडसेडिङ हुने हिउ“दयाम र चैत(वैसाखमा मात्र कुलेखानी आयोजनाबाट बिजुली निकाल्ने गरिन्थ्यो । यस वर्ष भने प्राधिकरणले दसैंदेखि नै कुलेखानी आयोजनाबाट बेलुका दैनिक तीन घन्टासम्म चलाउ“दै आएको छ । सा“चेर राख्नुपर्ने कुलेखानी आयोजनाबाट विद्युत निकाल्ने गरेका कारण उपत्यकामा प्राधिकरणले बढी समय बिजुली दिन सकेको जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए । ‘नचलाउनुपर्ने बेला अर्थात् रन अफ रिभर आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन भइरहेको समयमा कुलेखानी चलाएर बिजुली निकालिएकाले यस वर्ष हिउ“दयाम र चैत(वैसाखमा बढी लोडसेडिङ हुनेछ’ ऊर्जाका एक अधिकारीले कान्तिपुरसित भने ।
आगामी हिउ“दमा भारतबाट थप २ सय ५० मेगावाट बिजुली ल्याउने प्राधिकरणको योजना छ । हाल प्राधिकरणले भारतबाट ३ सय ३५ मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । खिम्ती(ढल्केबर तथा ढल्केबर(हेटौंडा(काठमाडौं प्रसारण लाइन तथा ढल्केबरमा सबस्टेसन नबनिसकेकाले भारतबाट आयात गरिएको बिजुली काठमाडौंमा उपत्यकामा ल्याउन सकिएको छैन ।
ती प्रसारण लाइन र सबस्टेसन निर्माण कार्य सम्पन्न हुन नसकेमा भारतबाट थप बिजुली आयात नहुने भएकाले हिउ“दयाममा मुलुकमा, त्यसमा पनि विशेषगरी काठमाडौं उपत्यकामा १२ देखि १४ घन्टासम्म लोडसेडिङ हुने जानकारी ऊर्जा मन्त्रालयका अधिकारीहरूले दिए ।
प्रधानमन्त्रीले कार्यकारी निर्देशक घिसिङलाई काठमाडौं उपत्यकालाई तत्कालै लोडसेडिङमुक्त गर्ने आफ्नो संकल्प रहेको उल्लेख गर्दै अब उपत्यकामा सधैंका लागि बत्ती नजाने व्यवस्था गर्न र कुनै अप्ठ्यारो परे सरकारस“ग सहयोग माग्न निर्देशन दिएका थिए । ‘काठमाडौं उपत्यकालाई तत्काल लोडसेडिङमुक्त बनाउने मेरो संकल्प पूरा हु“दैछ, यसमा म खुसी छु । अबदेखि उपत्यकामा कहिल्यै बत्ती नजाने गरी आवश्यक व्यवस्था गर्नुस्, अप्ठ्यारा के छन् ? सरकारलाई भन्नुस्, सरकार सबै किसिमको सहयोग गर्न तयार छ’ दाहालको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री दाहालले ‘देशलाई लोडसेडिङमुक्त गर्ने कार्ययोजना तयार गर्न, विद्युत् चोरी नियन्त्रण गर्न, बक्यौता नतिर्नेजस्ता समस्यामा कठोर भएर लाग्न, ठूला आयोजना छिटै सम्पन्न हुने वातावरण निर्माण गर्न, नया“ योजना सञ्चालनका लागि तयारी गर्न’ समेत प्राधिकरणलाई निर्देशन दिए । भेटमा घिसिङले प्राधिकरण उपत्यकामा लोडसेडिङ हटाउन लागेको जानकारी गराउ“दै देशभरि लोडसेडिङ अन्त्य गर्ने छिट्टै कार्ययोजना ल्याइने बताए ।
मुलुकमा बिजुलीको माग १ हजार ४ सय ८५ मेगावाट पुगेको छ । हाल मुलुकमा ८ सय मेगावाटमात्र बिजुली उत्पादन भइरहेको छ भने भारतबाट हाल ३ सय ३५ मेगावाटको हाराहारीमा बिजुली आयात भइरहेको छ । कुलेखानीसहित सबै आयोजना पूर्ण क्षमतामा चलाइएको र भारतबाट आयातीतसहितको बिजुलीका कारण हालसम्म लोडसेडिङ खासै नभएको जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए । जाडो बढ्नासाथ नदीमा पानीको बहाव घट्न थाल्ने र बिजुली उत्पादन कम भई लोडसेडिङ बढै जाने ऊर्जाका अधिकारी बताउ“छन् । हिउ“दसम्म २५ मेगावाटको माथिल्लो मादी आयोजनाबाट मात्र विद्युत उत्पादन सुरु हुन्छ । हिउ“दसम्म सकिने भनिएका ३० मेगावाटको चमेलिया र १४ मेगावाट कुलेखानी तेस्रो चैतअघि सम्पन्न हुने सम्भावना नरहेकोसमेत ऊर्जा मन्त्रालय स्रोतले दिएको छ ।


No comments:

Post a Comment