Thursday, November 17, 2016

सचिव बढुवा गर्न चार सहसचिवको नाम सिफारिस

काठमाडौं, २ मंसिर– बढुवा समितिले कृषि मन्त्रालय र क्षेत्रीय प्रशासन कार्यालय, सुर्खेतमा रिक्त दुई सचिव पदमा पदोन्नति गर्न चार जना सहसचिवको नाम सिफारिस गरेको छ । लोकसेवाका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा बसेको समितिको बैठकले कृषि तथा वन समूह (प्राविधिक क्लस्टर) मा सबभन्दा वरिष्ठ सहसचिव अन्नपूर्णनन्द दासलाई सचिव बढुवा गर्न सिफारिस गरेको छ ।

निजामती ऐनअनुसार प्राविधिक क्लस्टरमा यसपटक सबभन्दा ज्येष्ठबाट बढुवा हुने २० प्रतिशत सिट (एक पद) का लागि बढुवा हुन लागेको हो । २०६४ असोज ३० मा सहसचिव बढुवा भएका दास वन मन्त्रालयमा कार्यरत छन् ।

बढुवा समितिले सामान्य प्रशासन क्लस्टरतर्फको रिक्त एक सचिव पदमा बढुवा गर्न कार्यसम्पादन र ज्येष्ठताका आधारमा सहसचिवत्रय कृष्णप्रसाद देवकोटा, बेगेन्द्र पौड्याल र शिशिर ढुंगानाको नाम सिफारिस गरेको छ । निजामती ऐनअनुसार सामान्य प्रशासन क्लस्टरमा रिक्त पदको तेब्बर संख्यामा सिफारिस हुने पदका लागि बढुवा हुन लागेको हो । सरकारले यी तीन जनामध्येबाट एकलाई सचिवमा बढुवा गर्नेछ । देवकोटा क्षेत्रीय प्रशासन कार्यालय, सुर्खेतमा कामु क्षेत्रीय प्रशासक, पौड्याल अख्तियारमा सहसचिव र ढुंगाना भन्सार विभागको महानिर्देशक छन् ।


No comments:

Post a Comment