Friday, November 25, 2016

भारतीय नागरिकविरुद्ध शुद्धीकरण मुद्दा

काठमाडौं, १० मंसिर– सम्पत्ति शुद्धिकरण विभागले चितवनमा बसेर तस्करी गर्दै आएका भारतीय नागरिक नन्दकुमार पटेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । सुनचा“दीका गरगहना अवैध रूपमा पैठारी (तस्करी) गरी गैरकानुनी रूपमा आर्जित नगद राखेको अभियोगमा राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाको प्रतिवेदनबमोजिम विभागले पटेलमाथि छानबिन गरी सम्पत्ति शुद्धीकरण निवारण ऐनबमोजिम मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 


विभागले अभियोगपत्रमा सुनचा“दीका गरगहना र बरामद नगदसमेत गरी ३५ लाख ८९ हजार २ सय ५७ रुपैया“ बिगो कायम गरी पेटलविरुद्ध कैद सजाय र जरिवाना गर्न मागदाबी गरेको छ । पटेल भारतको महाराष्ट्रका हुन् ।

No comments:

Post a Comment