Tuesday, November 15, 2016

असार मसान्तसम्म २७७ मेगावाट बिजुली थपिने


  • सरकारी आयोजनाबाट ४४ मेगावाट
  • स्वदेशी निजी क्षेत्रका आयोजनाबाट १८३ मेगावाट
  • विदेशी लगानीको आयोजनाबाट ५० मेगावाट

काठमाडौं, ३० कार्तिक– चालू आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्ममा मुलुकको केन्द्रीय विद्युत् प्रणालीमा २ सय ७७ मेगावाट बिजुली थपिने भएको छ । स्वदेशी निजी क्षेत्रका २४, विदेशी लगानीको १ र सरकारी दुई आयोजनाबाट त्यति परिमाणमा बिजुली थपिन लागेको हो ।
मुलुकमा हाल कुल विद्युत उत्पादन क्षमता ५३.४ मेगावाट तापीय (थर्मल) सहित ८ सय ३८ मेगावाट छ । ती २७ आयोजनाबाट बिजुली उत्पादन सुरु भएपछि आगामी असार मसान्तसम्म मुलुकको केन्द्रीय  प्रणालीमा कुल विद्युत उत्पादन क्षमता ११ सय १५ मेगावाट पुग्ने जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए ।

यी आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि मुलुकमा आगामी वर्षायाममा लोडसेडिङ नहुने जानकारी प्राधिकरणका एक अधिकारीले जानकारी दिए । गत वर्षायाममा मुलुकमा लोडसेडिङ थियो । आगामी वर्षायाममा मुलुकमा बिजुलीको माग करिब १५ सय मेगावाटको हाराहारीमा पुग्नेछ । प्राधिकरणले हाल भारतबाट ३ सय ३५ मेगावाटसम्म बिजुली आयात गरिरहेको छ भने मुलुकको आन्तरिक उत्पादनले आगामी वर्षायाममा बिजुलीको माग करिब(करिब धान्नेछ ।

स्वदेशी निजी क्षेत्रका २४ आयोजनाबाट १ सय ८३, चिनिया“ लगानीको माथिल्लो मस्र्याङी एबाट ५०, विद्युत प्राधिकरणबाट निर्माणाधीन दुई आयोजनाबाट ४४ मेगावाट विद्युत उत्पादन सुरु भई आगामी असारसम्म केन्द्रीय विद्युत प्रणालीमा जोडिनेछ । स्वदेशी तथा विदेशी लगानीका २५ आयोजनाको कुल लागत ५५ अर्ब रुपैया“भन्दा बढी रहेको जानकारी स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) का अधिकारीले दिए ।
विद्युत प्राधिकरणद्वारा निर्माण भइरहेका ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो आगामी असार अगावै सम्पन्न विद्युत उत्पादन सुरु भइसक्नेछ । ठेकेदार कम्पनीको गैरजिम्मेवारीका कारण सन् २०११ मै सम्पन्न हुनुपर्ने यी दुवै आयोजनाको लागत र निर्माण अवधि दोब्बर भइसकेको छ । प्राधिकरणले आगामी मसान्तभित्र जसरी पनि यी दुई आयोजनाको निर्माण सकेर विद्युत थालिसक्ने कार्ययोजना बनाएर काम गरिरहेको छ । चमेलिया आयोजनाको लागत १५ अर्ब रुपैया“ पुगिसकेको छ । सुरुमा लागत २ अर्ब ५० करोड लाग्ने अनुमान गरिएको कुलेखानी तेस्रोको निर्माण अवधि लम्बिएको र ठेकेदारको भेरिएसन मागका कारण लागत ५ अर्ब रुपैया“भन्दा बढी पुग्ने भएको छ ।
निजी क्षेत्रबाट निर्माणाधीन आयोजनामध्ये चिनिया“ कम्पनी सिनो हाइड्रोको लगानी रहेको ५० मेगावाटको माथिल्लो मस्र्याङी सबभन्दा ठूलो आयोजना हो । उक्त आयोजनाको एउटा युनिटबाट २५ मेगावाट बिजुली उत्पादन सुरु भइसकेको छ भने अर्को युनिटबाट एक महिनाभित्रै थप २५ मेगावाट बिजुली उत्पादन सुरु भइसक्ने जानकारी प्राधिकरणका अधिकारीले दिए ।
२५ मेगावाटको माथिल्लो मादी र १४.९ मेगावाटको हेवाखोला, ६ मेगावाटको दरौंदी खोला ए विद्युत आयोजनाबाट हालै परिक्षण उत्पादन सुरु भइसकेको छ । यी तीनवटै आयोजनाले छिट्टै व्यापारिक उत्पादन सुरु गर्ने तयारी गरेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) ले उपलब्ध गराएको विवरणअनुसार आगामी असार अगावै सम्पन्न हुने आयोजनामा २२.२ मेगावाटको अपर चाकु ए, ५ मेगावाटको फावा खोला, १ मेगावाटको तिनाउ, २.८ मेगावाटको चाके खोला, २.५ मेगावाटको पिखुला खोला, १० मेगावाटको मडु खोला, १.७ मेगावाटको जुम्दी खोला, १.५ मेगावाटको ठेउले खोला, ५ मेगावाटको तादी खोला, ५ मेगावाट अपर मैलुङ ए छन् ।
त्यसैगरी १२ मेगावाटको अपर खिम्ती, ११.२ मेगावाटको थापा खोला, ३.२ मेगावाटको गेलुङ खोला, १४.९ मेगावाटको हेवा खोला ए, २.५ मेगावाटको दाराम खोला ए, २२ मेगावाटको अपर दोर्दी ए, ४ मेगावाटको सार्दी खोला, ४ मेगावाटको सबा खोला, ७.६ मेगावाटको जोगमाई, ४.२ मेगावाटको लोहोरे खोला, ६.८ मेगावाटको रुडी ए र ३.७ मेगावाटको द्वारी खोलाबाट आगामी असारसम्ममा बिजुली उत्पादन भई केन्द्रीय प्रसारणमा जोडिने जानकारी इपानले दिएको छ ।



No comments:

Post a Comment