Friday, November 25, 2016

पूर्वएआईजी भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १० मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) ऋषभदेव भट्टराईविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । भट्टराईले सार्वजनिक पदमा रह“दा १ करोड ९१ लाख ३६ हजार रुपैया“ गैरकानुनी सम्पत्ति आर्जन गरेको उल्लेख गर्दै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो । 

अख्तियारले अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐनबमोजिम अकुत आर्जनलाई बिगो कायम गरी भट्टराईलाई जरिवाना र कैद सजाय गर्न मागदाबी गरेको छ । भ्रष्टाचार मुद्दामा भट्टराईकी पत्नी भावना गौतम भट्टराईलाई समेत प्रतिवादी कायम गरिएको छ । 

सार्वजनिक सेवामा प्रवेश गरे पश्चात भट्टराईले आफ्नो तथा परिवारका सदस्यहरूको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिको छानविन गर्दा कमाएको वैध आयको तुलनामा १ करोड ९१ लाख ३६ हजार रुपैया“ पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैरकानुनी रूपबाट आर्जन गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ ।



No comments:

Post a Comment