Friday, November 25, 2016

१९ प्रजिअको सरुवा

परम्पराविपरीत ५ उपसचिवलाई कामु प्रजिअको जिम्मेवारी 
काठमाडौं, १० मंसिर– गृह मन्त्रालयले १९ जिल्लामा सहसचिवस्तरका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । गृहले सामान्य प्रशासन मन्त्रालयको सहमतिमा उनीहरूको सरुवा गरेको हो । उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले प्रशासनिक परम्पराविपरीत ५ जिल्लामा उपसचिवलाई कायममुकायम प्रजिअको जिम्मेवारी दिएका छन् । मन्त्रालयमा सहसचिवहरूको संख्या पर्याप्त हु“दाहु“दै मन्त्री निधिले ५ उपसचिवलाई कामु प्रजिअ बनाएको जानकारी गृह मन्त्रालय स्रोतले जानकारी दिए ।
पछिल्लो समय उपसचिवलाई कामु सहसचिव बनाएर प्रजिअको जिम्मेवारी दिने परम्परालाई अन्त्य गरिएको थियो । गृहमन्त्री निधिले आफ्नो स्वार्थमा काम गर्ने व्यक्तिलाई प्रजिअहरू बनाउन उपसचिवहरूलाई कामुको जिम्मेवारी दिएको स्रोतले उल्लेख गरेको छ । उपसचिवबाट कामु प्रजिअ भएकामा प्रदीप क“डेल सर्लाही, श्रीकृष्ण श्रेष्ठ सिराहा, गोकर्ण शर्मा डोटी, अन्तरबहादुर सिलवाल सिन्धुपाल्चोक र उमेश ढकाल धादिङ छन् ।

गृह मन्त्रालय स्रोतका अनुसार गृह मन्त्रालयका यज्ञ कोइरालालाई मोरङ, प्रधानमन्त्री कार्यालयका सहसचिवद्वय उत्तरकुमार खत्रीलाई झापा र नारायण दवाडीलाई मकवानपुर, सहसचिव शिव सिम्खडालाई काभ्रेपलाञ्चोक, क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाका लोकनाथ पौडेललाई सुनसरीको प्रजिअमा सरुवा गरिएको छ । 
यसैगरी प्रजिअहरू बाराका कृष्णप्रसाद ढुंगानालाई गुल्मी, नवलपरासीका महादेव पन्थलाई सुर्खेत, चितवनका विनोद सिंहलाई रूपन्देही, गोरखाका नारायण भट्टलाई चितवन, सिराहाका विजयनारायण मानन्धरलाई बारा र गुल्मीका उदय रानालाई नवलपरासीमा सरुवा गरिएको छ । प्रजिअहरू सुर्खेतका राजकुमार श्रेष्ठ र सर्लाहीका मेघनाथ काफ्लेलाई गृह मन्त्रालय तथा धादिङका विश्वप्रकाश सुवेदीलाई क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा सरुवा गरिएको छ । 


No comments:

Post a Comment