Monday, December 12, 2016

भारतबाट थप २२० मेगावाट बिजुली ल्याइँदै


  • ९० मेगावाट काठमाडौं ल्याइने
  • मुलुकभर लोडसेडिङ नगर्ने कोसिसमा छौं : प्राधिकरण
काठमाडौं, २७ मंसिर– विद्युत् प्राधिकरणले सुक्खायाममा मुलुकभर लोडसेडिङ घटाउन आगामी तीन साताभित्रै भारतबाट थप १९० मेगावाट बिजुली आयात गर्ने भएको छ । आगामी दुई महिनाभित्र प्राधिकरणले भारतबाट थप ३० मेगावाट बिजुली आयात गर्न थाल्नेछ ।
प्राधिकरणले कुसाहा–कटैयाबाट ५०, ढल्केबर–मुजफ्फरपुरबाट ८०, परवानीपुर–रक्सौलबाट ५०, टनकपुरबाट ४० मेगावाट गरी थप २२० मेगावाट बिजुली भारतबाट आयात गर्न लागेको हो । हिउ“द र सुक्खायाम सुरु भइसकेका कारण रन अफ रिभर (नदीको प्रवाहमा आधारित) जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घट्न थालेको छ । राजधानीमा लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट आयात हुने थप २२० मेगावाट बिजुलीमध्ये ९० मेगावाट काठमाडौं ल्याउने भएको छ ।
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने १६० मेगावाटमध्ये ९० मेगावाट बिजुली मुजफ्फरपुर–ढल्केबर हु“दै ढल्केबर–खिम्ती र खिम्ती–काठमाडौं प्रसारण लाइनबाट उपत्यकामा ल्याइनेछ । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल ८० मेगावाट आयात गरिरहेको छ । भारतको मुजफ्फरपुरमा २२०÷१३२ केभीको ट्रान्सफर्मर राख्ने काम अन्तिम चरणमा पुगेको छ । ‘अबको २०÷२१ दिनभित्रै मुजफ्फरपुरमा ट्रान्सफर्मर राख्ने काम सम्पन्न भई ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट थप ८० मेगावाट बिजुली आउन थाल्छ,’ प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने ।
उनका अनुसार २२० केभीको ढल्केबर–खिम्ती प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । कमलामाईमा एउटा टावरमात्र बनाउन बा“की छ, त्यो बनिसकेपछि ढल्केबर–खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न हुनेछ । ‘खिम्ती–ढल्केबर प्रसारण लाइनसमेत अब २०÷२१ दिनभित्रै सम्पन्न भई बिजुली ल्याउन सकिनेछ,’ अधिकारीले भने । उनका अनुसार भारतबाट ढल्केबर ल्याइएको बिजुलीमध्ये ९० मेगावाट ढल्केबर–खिम्ती प्रसारण लाइन हु“दै १३२ केभीको खिम्ती–काठमाडौं प्रसारण लाइनबाट राजधानी ल्याउन सम्भव हुनेछ । ‘खिम्ती–ढल्केबर बढी क्षमताको भए पनि १३२ केभीएको खिम्ती–काठमाडौं प्रसारण लाइनबाट भने थप ९० मेगावाटसम्म मात्र ल्याउन सकिन्छ,’ अधिकारीले थपे । उक्त प्रसारण लाइनबाट प्राधिकरणले खिम्ती, सुनकोसीलगायत आयोजनाको बिजुली ल्याइरहेको छ ।
अधिकारीले सुक्खायामस“गै नदीको प्रवाहमा आधारित आयोजनामा विद्युत् उत्पादन घटे पनि भारतबाट आयात हुनेमध्ये ९० मेगावाट राजधानीमा ल्याइने र पिक आवरमा ९२ मेगावाटको कुलेखानी जलाशययुक्त आयोजना चलाउ“दा राजधानीमा लोडसेडिङ नहुने बताए । ‘सबै कुरा योजनामुताबिक अघि बढे राजधानीमा हिउ“दयाम र सुक्खायाम (चैत–जेठसम्म) लोडसेडिङ हुने छैन,’ अधिकारीले भने । राजधानीमा बिजुलीको माग अरू समयमा २४० र सा“झमा ३१५ मेगावाट छ । माथिल्लो मस्र्याङदी, मध्य मस्र्याङदी, मस्र्याङदी, दरौंदी, त्रिशूली, त्रिशूली देवीघाट, चिलिमे, खिम्ती, भोटेकोसी तथा कुलेखानी आयोजनाको बिजुली राजधानीमा ल्याउने गरिएको छ ।
अघिल्लो वर्ष यही समयमा राजधानीमा दैनिक ६ घण्टाको हाराहारी लोडसेडिङ थियो । यस वर्ष प्राधिकरणले राजधानी, बनेपा र धुलिखेललाई ‘लोडसेडिङमुक्त’ गरेको छ । राजधानीस“ग सोझै प्रसारण लाइन जोडिएका क्षेत्रमा ५० मेगावाटको माथिल्लो मस्र्याङदीबाट २५÷२५ मेगावाटको माथिल्लो मादी, ५ मेगावाटको दरौंदी जलविद्युत् आयोजना निर्माण भई विद्युत् उत्पादन सुरु भएकाले प्राधिकरणले मंसिरको तेस्रो सातासम्म राजधानी उपत्यकालगायत बनेपा, धुलिखेललाई लोडसेडिङमुक्त बनाउने प्रयास गरिरहेको छ ।
राजधानीमा लोडसेडिङ हुन नदिन बढी माग हुने सा“झको समयमा हाल प्राधिकरणले कुलेखानी आयोजना पहिलो र दोस्रो (९२ मेगावाट) १५–२० मिनेटदेखि एक घण्टासम्म चलाउने गरेको छ । प्राधिकरणले बिहीबार कुलेखानी आयोजना एक घण्टा चलाएको थियो । बढी माग भई विद्युत् भोल्टेज कम हु“दा प्राधिकरणले हेटौंडाको १४.४ मेगावाटको थर्मल प्लान्टबाट पूरै क्षमतामा र ३९ मेगावाट क्षमताको दुहवी मल्टी फ्युल प्लान्टबाट १२ मेगावाटसम्म बिजुली उत्पादन गर्ने गरेको छ । दुहवी प्लान्टका २ वटा युनिटबाहेक अरू बिग्रेकाले कम क्षमतामा मात्र बिजुली उत्पादन भएको हो । ‘भोल्टेज कम हु“दामात्र थर्मल प्लान्ट चलाउ“छौं । अरू बेला चलाएको छैन,’ अधिकारीले भने ।
उनका अनुसार अबको २० दिनभित्रै कुसाहा–कटैया, ढल्केबर–मुजफ्फरपुर, परवानीपुर–रक्सौलबाट थप बिजुली आउन थाल्नेछ । भारत सरकारको अनुदान सहयोगमा कुसाहा–कटैयामा १३२ केभीको प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । डिसम्बेरभित्रै उक्त प्रसारण लाइन निर्माण कार्य सम्पन्न भई त्यहा“बाट ५० मेगावाट बिजुली आयात हुन थाल्नेछ । कटैया–कुसाहाको अर्को १३२ केभीकै प्रसारण लाइनबाट हाल १३० मेगावाटसम्म बिजुली आयात भइरहेको छ ।
रक्सौल–परवानीपुरमा १३२ केभीको नया“ प्रसारण लाइन निर्माणको काम भइरहेको छ । डिसेम्बरभित्रै उक्त प्रसारण लाइनको काम पनि सम्पन्न हुनेछ भने प्राधिकरणले त्यहा“बाट डिसेम्बर अन्तिम सातादेखि थप ५० मेगावाट बिजुली ल्याउन थाल्नेछ । हाल रक्सौल–परवानीपुरको ३३ केभी प्रसारण लाइनबाट १० मेगावाट बिजुली आयात भइरहेको छ । १३२ केभीको प्रसारण लाइन निर्माण सम्पन्न भएपछि प्राधिकरणले रक्सौल–परवानीपुर विद्युत् नाकाबाट ६० मेगावाट बिजुली आयात गर्न थाल्नेछ ।
अधिकारीका अनुसार टनकपुर विद्युत् नाकाबाट भने अबको एक सातामै थप १० मेगावाट आउन थाल्नेछ भने ३० मेगावाट भने आगामी दुई महिनाभित्र आउन थाल्नेछ । टनकपुरबाट हाल ३० मेगावाटसम्म बिजुली आइरहेको छ, अब एक सातामै त्यहा“ १० मेगावाट बिजुली ल्याइनेछ ।
टनकपुरमा ५० एमबीएको ट्रान्सफर्मर छ, त्यसलाई फेरेर १ सय एमबीएको ट्रान्सफर्मर राख्ने काम भइरहेको छ । ‘ट्रान्सफर्मर फेर्न दुई महिना लाग्छ, दुई महिनापछि टनकपुरबाट थप ४० मेगावाट बिजुली आउनेछ,’ प्राधिकरणका प्रवक्ता अधिकारीले भने । टनकपुरबाट दुई महिनापछि प्राधिकरणले कुल ७० मेगावाट बिजुली आयात गर्न थाल्नेछ ।
लोडसेडिङ न्यूनीकरण कार्यक्रमअन्तर्गत नै प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन र नेपाल–भारतका परम्परागत विद्युत् नाकाको स्तरोन्नति गरी मुलुकमा आवश्यक परेका बेला भारतबाट थप बिजुली आयातको व्यवस्था गरेको हो । मुलुकमा बिजुली बढी भएमा त्यहा“बाट भारतका बिजुली बेच्न सकिनेछ ।
हाल भारतबाट प्राधिकरणले भारतबाट २७० देखि २८० मेगावाटको हाराहारीमा बिजुली आयात गरिरहेको छ । सुक्खायाममा प्राधिकरणले अघिल्लो वर्ष भारतबाट ३४७ मेगावाटसम्म बिजुली आयात गरेको थियो । चारवटा विद्युत् नाकाको क्षमता बढेका कारण यस वर्ष सुक्खायाममा प्राधिकरणले मुलुकमा लोडसेडिङ घटाउन र हुन नदिन भारतबाट अघिल्लो वर्षभन्दा २२० बढी अर्थात् ५६७ मेगावाट बिजुली आयात गर्ने भएको छ । सुक्खायाममा मुलुकको बिजुलीको उत्पादन घटेर ३ सय मेगावाटसम्म पुग्छ । सा“झको समयमा मुलुकमा बिजुलीको माग १३ सय मेगावाट पुग्छ । अरू समयमा विद्युतको बेस लोड (माग) कम हुने भएकाले मुलुकमा भारतबाट आयातीत र मुलुकमा उत्पादित बिजुली ८ सय मेगावाटको हाराहारीमा हुने भएकाले पिक आवरमा घरायसी उपभोक्तालाई बिजुली व्यवस्थापन गर्न सकिने जानकारी अधिकारीले दिए । ‘भारतबाट लक्ष्यबमोजिम बिजुली आयो भने देशभर नै लोडसेडिङ नगर्ने कोसिसमा छौं,’ अधिकारीले भने । भारतबाट आयात गरिएको बिजुलीको मूल्य ३.४४ (५ रुपैया“ ५० पैसा) देखि ६.०८ भारु (९ रुपैया“ ७२ पैसा) पर्ने गरेको छ । जलस्रोतको धनी मुलुक नेपाल आन्तरिक उत्पादनको कमीले बिजुलीमा भारतको परनिर्भरता बढदै गएको हो ।
ढल्केबर सबस्टेसन निर्माणमा ढिलाइ
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट नेपाल आयात हुने बिजुली चार्ज गरी खिम्ती–ढल्केबर, ढल्केबर–हटौंडा र ढल्केबर–दुहवी प्रसारण लाइनमा विद्युत् पठाउन निर्माणाधीन २२०÷१३२ केभीको ढल्केबर सबस्टेसनको निर्माण निर्धारित समयमा सम्पन्न नहुने निश्चित भएको छ । ढल्केबर सबस्टेसनको निर्माण कार्य यही डिसेम्बरभित्र सम्पन्न गर्ने कार्यतालिका थियो । ठेकेदार चिनिया“ कम्पनीको ढिलाइका कारण सबस्टेसन निर्माण कार्य आगामी मार्चको पहिलो सातामात्र सम्पन्न हुने जानकारी अधिकारीले दिए । सबस्टेसन समयमै नबनेका कारण अन्तरदेशीय प्रसारण लाइनबाट थप बिजुली ल्याउन मुजफ्फरपुरमा २२०÷१३२ केभीको ट्रान्सफर्मर राख्नुपरेको हो । त्यसका लागि प्राधिकरणको १ करोड रुपैया“भन्दा बढी खर्च हु“दैछ ।







No comments:

Post a Comment