Thursday, December 8, 2016

नेपालबाट भारतमा बिजुली बेच्ने बाटो खुल्दै

  • भारतीय विद्युत नियमन आयोगले निर्देशिकालाई अनुमोदन गर्नासाथ नेपालले बिजुली भारतमा बेच्न पाउने
  • भारतले विद्युत व्यापार सम्झौता (पीटीए) कार्यान्वयन गर्न निर्देशिका बनायो
  • २०७५ देखि वर्षायाममा बढी हुने बिजुली बेच्ने बाटो खुल्यो
  • भारतले नेपाली सरकारी निकाय या भारतीय बहुमत सेयर रहेको कम्पनीस“ग मात्र बिजुली खरिद गर्ने
  • निर्देशिकाका कारण नेपालको ऊर्जा क्षेत्रमा भारतबाहेकका विदेशी लगानी निरुत्साहित हुने
  • नेपालले भारत हु“दै बंगलादेशमा समेत बिजुली बेच्न पाउने 

काठमाडौं, २३ मंसिर– भारतले नेपालबाट व्यापारिक रूपमा बिजुली खरिद गर्ने व्यवस्था गर्न निर्देशिका तयार गरेको छ । भारतले नेपालको सरकारी कम्पनी या भारतीय प्रवद्र्धकको बहुमत शेयर रहेको कम्पनीस“ग मात्र बिजुली खरिद गर्ने प्रावधान निर्देशिकामा राखेको छ ।
नेपाल सरकारले भने भारतसित विदेशी या नेपाली निजी कम्पनीले नेपालमा उत्पादन गरेको बिजुलीसमेत भारतीय बजारमा सोझै बिक्री गर्न पाउने गरी कानुनी व्यवस्था गरिदिन प्रस्ताव गरेको थियो । नेपाली प्रस्तावलाई स्वीकार नगरी भारतले सरकारी कम्पनी (विद्युत प्राधिकरण) र भारतीयको बहुमत सेयर रहेको कम्पनीस“ग मात्र बिजुली खरिद गर्ने व्यवस्था निर्देशिकामा गरेको छ ।

भारतको ऊर्जा मन्त्रालयले २ वर्षअघि नेपालस“ग भएको पीटीएको व्यावहारिक कार्यान्वयनका लागि निर्देशिका तयार गरेको हो । मन्त्रालयले निर्देशिका तयार गरी कार्यान्वयनका लागि भारतको केन्द्रीय विद्युत नियमन आयोगलाई हस्तान्तरण गरिसकेको छ । आयोगले निर्देशिकालाई अनुमोदन गर्नासाथ नेपालमा उत्पादित बिजुली भारतमा बेच्ने औपचारिक बाटो खुल्ने जानकारी विद्युत् प्राधिकरणका अधिकारीले दिएका छन् ।
नेपालले भारतीय बजारबाट व्यापारिक रूपमा बिजुली खरिद गर्दै आएको छ । दुई वर्षअघि नेपाल–भारतबीच पीटीए भएपछि नेपालले आफूलाई अपुग बिजुली विधिवत रूपमा भारतीय बजारबाट खरिद गर्न थालेको छ । त्यसअघि नेपालले भारतसित अनौपचारिक तबरबाट बिजुली खरिद गर्दै आएको थियो । हाल नेपालले भारतबाट ३ सय मेगावाटको हाराहारीमा बिजुली खरिद गर्दै आएको छ ।
‘भारतको ऊर्जा मन्त्रालयले तयार पारेको निर्देशिकामा जसरी नेपालबाट बिजुली खरिद गर्ने व्यवस्था राखिएको छ, त्यसबाट नेपालले राखेको प्रस्तावलाई पूर्ण रूपमा सम्बोधन भएको छैन । निर्देशिकाका कारण नेपालको ऊर्जा क्षेत्रमा भारत निर्यात गर्ने उद्धेश्यले मात्र लगानी गर्न चाहने विदेशी लगानीकर्ता हतोत्साहित हुनेछन् । नेपालको निजी क्षेत्रले समेत सोझै भारतमा बिजुली बेच्न पाउने छैनन्’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने ।
ती अधिकारीले निर्देशिकाको प्रावधानअनुसार विदेशी लगानीकर्ताले नेपालमा ऊर्जा क्षेत्रमा लगानी गरी भारतीय बजारमा सोझै बिजुली बेच्न भारतीय कम्पनीलाई ५१ प्रतिशत सेयर दिनुपर्ने हुन्छ । बहुमत सेयर भारतीय कम्पनीलाई दिने गरी नेपालको ऊर्जा क्षेत्रमा ठूला लगानीकर्ता आउने सम्भावना कम हुने ऊर्जा मन्त्रालयका अधिकारी बताउ“छन् । ऊर्जा क्षेत्रमा लगानी गरिरहेका नेपालका स्वदेशी निजी क्षेत्रसमेत आर्थिक रूपमा बलियो हु“दै गएका छन्, तिनले समेत सोझै भारतमा बिजुली बेच्न पाउने छैनन् ।
स्वदेशी तथा विदेशी प्रवद्र्धकले आफूले निर्माण गरेका जलविद्युत आयोजनाको बिजुली प्राधिकरण या सरकारले भविष्यमा खोल्ने पावर ट्रेडिङ कम्पनीमार्फत् मात्र भारतमा बेच्न सक्नेछन् । ‘भारतले नेपालमा उत्पादित बिजुली व्यापारिक रूपमा खरिदको गर्ने बाटो खोल्ने कानुनी व्यवस्था गर्नु आफैंमा सकारात्मक हो, यसबाट पीटीएको व्यावहारिक कार्यान्वयन सुरु हुने बाटो खुलेको छ । तर, नेपालको सरकारी कम्पनी र आफ्नै देशको बहुमत सेयर भएको कम्पनीबाहेक अरूसित बिजुली खरिद गर्ने सवालमा भने भारत सरकार अनुदार रह्यो’ ती अधिकारीले भने ।
सन् २०१४ मा भएको पीटीएले नेपाल र भारतबीच भेदभाव र अवरोधरहीत अन्तरदेशीय विद्युत् व्यापारको व्यवस्था गरेको छ । निर्देशिका बनाउ“दा भने विदेशी या नेपाली निजी क्षेत्रसित सोझै बिजुली खरिद गर्न अनुदार भएर भारतले पीटीएको मर्मविपरीत कार्य गरेको टिप्पणी ऊर्जा मन्त्रालय स्रोतले गरेको छ । ‘निर्देशिकाले नेपालको ऊर्जा क्षेत्रमा भारतीय लगानीकर्ताको एकाधिकार हुने या भारतीय कम्पनीहरूले विद्युत आयोजनाहरूको लाइसेन्स लिई काम नगरी होल्न गरिराख्ने खतरा बढाएको छ’ स्रोतले भन्यो ।
निर्देशिकाले नेपालमा आगामी २०७५ देखि वर्षायाममा बढी हुने बिजुली भारतमा बिक्री गर्ने बाटो खुलेको छ । ‘हिउ“दयाममा नपुग भए पनि २०७५ सम्ममा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीलगायतका निर्माणाधीन जलविद्युत आयोजना सम्पन्न भएपछि नेपालमा वर्षायाममा बिजुली बढी भई खेर जाने स्थिति थियो, अब भारतमा औपचारिक रूपमा बिक्री गर्ने बाटो खुलेपछि वर्षायाममा बिजुली खेर जाने छैन । बढी भएको बिजुली सजिलै भारतमा बेच्ने बाटो खुलेको छ, पछि मुलुकमा धेरै बिजुली उत्पादन भएपछि हिउ“द र वर्षायाम दुवै समय बेच्न सकिनेछ’ प्राधिकरणका अधिकारीले भने ।
भारतले नेपाल, बंगलादेशलगायतका सार्क मुलुकसित बिजुली खरिद बिक्री गर्न छुट्टै ‘अन्तरदेशीय प्रसारण लाइन निकाय’ स्थापना गर्ने भएको छ । भारत र बंगलादेश तथा भारत र नेपालबीच अन्तरदेशीय प्रसारण लाइन निर्माण भइसकेका छन् । पीटीए कार्यान्वयनसम्बन्धमा नेपाल र भारतका अधिकारीहरूबीचको भएको बैठकका क्रममा भारतीय सरकारले छिट्टै अन्तरदेशीय प्रसारण लाइन निकाय’ खोल्न लागेको जानकारी गराएको हो । हालै भारतस“ग भएको बैठकमा विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीलगायत सहभागी थिए । भारतमा छुट्टै अन्तरदेशीय प्रसारण निकाय खुलेपछि नेपालले भारत हु“दै बंगलादेशलाई बिजुली बेच्न पाउने भएको छ । बंगलादेशमा बिजुलीको ठूलो माग छ, उसले भारतसित हाल ५ सय मेगावाटभन्दा बढी बिजुली खरिद गरिरहेको छ । बंगलादेशले नेपालबाट बिजुली खरिद गर्ने प्रस्ताव गरिसकेको छ । त्यसका अतिरिक्त बंगलादेश सरकारले भारतीय कम्पनी जीएमआरसित उसले निर्माण गर्न लागेको माथिल्लो कर्णाली र मस्र्याङदी हिमताल आयोजनाबाट उत्पादन हुने बिजुली खरिद गर्ने लिखित समझदारीसमेत गरिसकेको छ ।




No comments:

Post a Comment