Thursday, December 29, 2016

सञ्चालक हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं, १४ पुस– सर्वोच्च अदालतले विद्युत प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई हटाउने ऊर्जा मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न सरकारलाई आन्तरिम आदेश दिएको छ । 
प्राधिकरणको काममा अवरोध गरेको भन्दै मन्त्रालयले सञ्चालक सदस्यत्रय लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई पुस ४ हटाएको थियो । लामिछानेले मन्त्रालयको निर्णयविरुद्ध पुस १२ मा सर्वोच्चमा रिट दिएका थिए ।
सर्वोच्चका न्यायाधीश प्रकाश राउतको इजलासले बुधबार तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको हो । सर्वोच्चले दुवै पक्षलाई लिखित जवाफसहित छलफलका लागि आगामी पुस १९ मा अदालतमा उपस्थित हुनसमेत आदेश दिएको छ ।

ऊर्जा मन्त्रालयले अग्रवाल, मिश्र र लामिछानेलाई हटाएपछि रिक्त सञ्चालक सदस्यमा भक्तबहादुर पुन, चेतराज जोशी र उमेश थानीलाई नियुक्त गरेको थियो ।

No comments:

Post a Comment