Friday, December 23, 2016

औषधि लिमिटेडमा सुवेदी नियुक्त

काठमाडौं, ८ मंसिर– सरकारले नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा डा। रोबसकुसुम सुवेदीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले खुल्ला प्रतिस्पर्धाबाट छानिएका सुवेदीलाई तीन वर्षका लागि महाप्रबन्धक नियुक्त गरेको हो । सुवेदीले फार्मेसी विषयमा पीएचडी गरेका छन् ।

डा। लक्ष्मी पाठक, डा। भगवान कोइराला र उद्योग मन्त्रालयका सहसचिव यामलाल भुसाललगायत रहेको छनोट समितिले आवेदकहरूमध्येबाट औषधि लिमिटेडलाई प्रभावकारी ढंगले सञ्चालन गर्नेबारेमा अन्तर्वार्ता र लिखित प्रस्तुति गर्न लगाई सुवेदीलाई सिफारिस गरेको हो । 

सुवेदीलाई लामो समयदेखि बन्द रहेको औषधि लिमिटेडलाई चलाउनेमात्र होइन विश्व स्वास्थ्य संगठनको स्टान्डर्डमा औषधि उत्पादन गर्ने जिम्मेवारी दिइएको जानकारी उद्योगमन्त्री नवीन्द्रराज जोशीले दिए ।




No comments:

Post a Comment