Wednesday, February 11, 2015

४४ लाख अनियमितता गर्ने चार जनाविरुद्ध मुद्दा

काठमाडौं, २८ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४४ लाख रुपैया“भन्दा बढी अनियमितता गरेको अभियोगमा महोत्तरी जिल्लाको गौशाला नमुना गाविसका तत्कालीन सचिव राम आशीष राय यादवसहित चार जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गाविस सचिव यादवले विभिन्न आर्थिक वर्षमा ठेकेदारहरूसित मिलोमतो गरी आफूहरूलाई फाइदा पु¥याई गाविसको वक्यौता राजस्व रकम अनियमितता गरी भ्रष्टाचारको कसुर गरेको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

मुद्दा दायर गरिएकामा यादवका अतिरिक्त तीन जना ठेकेदार शम्भुकुमार राय यादव, संजितकुमार राय र वारिस नदाफ रहेका छन् । अख्तियारले गाविस सचिव यादवलाई २१ लाख ७४ हजार, ठेकेदारत्रय यादवलाई ३ लाख ७६ हजार, रायलाई १२ लाख ७० हजार, नदाफलाई ७ लाख २७ हजार रुपैया“ बिगो कायम गरी जेल सजाय र जरिवाना गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।



No comments:

Post a Comment