Saturday, February 21, 2015

सहमति र सहकार्यमा संविधान जारी हुन्छ : कोइराला

काठमाडौं, ८ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्रीले सहमति, सहकार्य, एकता र मेलमिलापका आधारमा नया“ संविधान जारी गरिने बताएका छन् । संविधानसभाको एजेन्डा वि.सं २००७ साल देखिकै भएको उल्लेख गर्दै उनले छिटोभन्दा छिटो नया“ संविधान जारी गरी देशलाई समृद्धितर्फ लगिने बताएका छन् ।
बिहीबार सैनिक मञ्च टु“डिखेलमा आयोजित ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवसका समारोहमा प्रधानमन्त्री कोइरालाले संविधान बनाएर देशको गरिबी र बेरोजगारी अन्त्य गर्न लाग्नुपर्ने बताए । उनले संविधानसभाभित्र र बाहिर रहेका सबै दलस“ग सम्वाद जारी राखेको जानकारीसमेत दिए । नया“ संविधानमा सबै जाति, भाषा, धर्म, लिंगका अधिकार सुरक्षित रहने उनले बताए ।

नेपालका सबै क्रान्तिहरूको जननी ००७ सालको क्रान्ति भएको भएको उल्लेख गर्दै उनले ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्दै नया“ संविधान जारी हुने बताए । उनले संविधानसभा ००७ सालमा बिजारोपण्ँ भएको बताए ।
प्रधानमन्त्रीले संविधान जारी गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्न आग्रह, पूर्वाग्रह त्याग्न र आपसी असहमति अन्त्य गर्न सबै पक्षलाई आह्वान गरे ।
विश्वभरका लगानीकर्ता नेपालमा लगानी गर्न लामबद्ध भएको दाबी गर्दै प्रधानमन्त्री कोइरालाले संविधान बनाएर आर्थिक विकासमा नलागेसम्म देशबाट गरिबी र बेरोजगारी अन्त्य गर्न नसकिने बताए ।
लोकतान्त्रिक शासन पद्धतिमा देशलाई डो¥याउन सबैको साथ र सहयोग पाउने उनले विश्वाससमेत व्यक्त गरे ।
वीपी कोइरालालाई श्रद्धाञ्जली अर्पण्ँ गरेर मन्तव्य राख्न सुरु गरेका प्रधानमन्त्री कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनका सबै ज्ञात अज्ञात सहिदलाई श्रद्धान्जली तथा प्रजातन्त्रका सेनानीहरूप्रति सम्मान प्रकट गरेका थिए ।
समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, संविधानसभा अध्यक्ष, सरकारका मन्त्रीहरु, सभासदहरु, सुरक्षा निकायका प्रमुखहरु र कुटनीतिक नियोगका प्रतिनिधिहरुको सहभागिता थियो ।

No comments:

Post a Comment