Wednesday, February 11, 2015

लोकसेवामा पदाधिकारी नियुक्ति गर्न बिहीबार परिषद बैठक

काठमाडौंं, २८ माघ– प्रधानमन्त्री सुशील कोइरालाले पूरै पदाधिकारी रिक्त हुन लागेको लोकसेवा आयोगलगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको सिफारिस गर्न बिहीबार  संवैधानिक परिषदको बैठक बोलाएका छन् ।
कोइरालाले सभाध्यक्ष सुवास नेम्वाङ, प्रतिपक्षी दल एमाओवादीका नेता पुष्पकमल दाहाल, परिषदमा सदस्य रहेका मन्त्रिपरिषदका तीन सदस्यलाई मंगलबार पत्र पठाई बिहीबारका लागि परिषदको बैठक बोलाएका हुन् । पा“च पदाधिकारी हुनुपर्ने लोकसेवामा अहिले जम्मा अध्यक्ष कयोंदेवी यमी, सदस्यद्वय टिकादत्त निरौला र राजेन्द्रप्रसाद साहमात्र छन्, दुई सदस्य पद रिक्त छ । अध्यक्षसहित तीनै जना पदाधिकारीको पदावधिसमेत फागुन ४ मा सकिंदैछ । त्यही कारण नया“ पदाधिकारी नियुक्ति गर्नुपरेको हो । 

परिषदको सिफारिस, संसदीय सुनुवाइको प्रक्रियालगायतको प्रक्रियाका कारण झन्डै १५ दिनभन्दाभन्दा बढी समय लाग्ने भएकाले पदाधिकारी सिफारिस गर्न ढिलाइ भइसेकेको छ । लोकसेवा आयोग पदाधिकारीविहीन भएमा सम्पूर्ण निजामती कर्मचारीको नया“ नियुक्ति, सरुवामा सहमति, बढुवालगायतका सम्पूर्ण प्रक्रिया अवरुद्ध हुनेछ । त्यही कारण प्रधानमन्त्रीले आयोगमा पदाधिकारी नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद बैठक बोलाएको स्रोतले उल्लेख गरेको छ ।
प्रधानमन्त्रीले बैठकको एजेन्डामा लोकसेवा आयोगसहितका संवैधानिक पदाधिकारी नियुक्तिको सिफारिस गर्ने उल्लेख गरेका छन् । तर, उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त तीन पदाधिकारीका बारेमा उल्लेख गरेका छैनन् । अख्तियारमा प्रमुख आयुक्तमा लोकमानसिंह कार्की र आयुक्तमा केशव बराल नियुक्त भए पनि तीन पदाधिकारी खाली छन् । अख्तियारमा पूर्ण पदाधिकारी नहु“दा त्यसका कामकारबाही प्रभावित भएको छ ।



No comments:

Post a Comment