Friday, February 6, 2015

लोडसेडिङको मार खेपिरहेकालाई शुक्रबारदेखि राहत

भारतबाट आजदेखि थप २० मेगावाट बिजुली आउने
बन्द रहेको मध्यमस्र्याङ्दीले आजदेखि पुनः विद्युत् उत्पादन थाल्ने
काठमाडौं, २२ माघ– दैनिक ११ घन्टा लोडसेडिङको समस्या भोगिरहेका आमजनतालाई खुसीको खबर छ । विद्युत् प्राधिकरणले मुलुकमा लोडसेडिङ कम गर्न शुक्रबारदेखि भारतबाट थप २० मेगावाट बिजुली आयात गर्दैछ भने मर्मत सम्भारका कारण १५ दिन बन्द रहेको ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाले समेत शुक्रबारदेखि नै उत्पादन सुरु गर्ने भएको छ ।
विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीका अनुसार भारतबाट शुक्रबारदेखि थप २० मेगावाट बिजुली आउन थाल्नेछ भने मध्यमस्र्याङदी आयोजनाले पनि मर्मतसम्भार पूरा भई शुक्रबारदेखि विद्युत् उत्पादन सुरु गर्नेछ । फलस्वरूप दैनिक एक घन्टा लोडसेडिङ घट्नेछ, त्यसबाट लोडसेडिङको मार खेपिरहेका आमजनताले थोरै भए पनि राहत पाउने जानकारी क्षेत्रीले दिए । 

मध्यमस्र्याङ्दी मर्मतका लागि बन्द गरिएपछि प्राधिकरणले लोकसेडिङको तालिकाभन्दा बढी समय अघोषित रूपमा लोडसेडिङ गर्दै आएको थियो । अब यस्तो अघोषित लोडसेडिङसमेत नहुने जानकारी प्राधिकरण स्रोतले दिएको छ ।
क्षेत्रीका अनुसार नेपालको कुसाहादेखि भारतको कटैयासम्मको प्रसारण लाइनमा अत्याधुनिक ‘कन्डक्टर’ फेरेर क्षमता बढाइएको छ । उक्त प्रसारण लाइनबाट प्राधिकरणले भारतबाट शुक्रबारदेखि थप २० मेगावाट बिजुली ल्याउनेछ । उक्त प्रसारण लाइनको क्षमता बढाउन नेपालतर्फको खण्डमा धेरै अगाडि नै कन्डक्टर फेरेर मर्मत गरिएको थियो, तर भारततर्फको खण्डमा कन्डक्टर फेर्नेलगायतका मर्मतको काम हालै सम्पन्न भएकाले थप विद्युत् ल्याउने बाटो खुलेको हो ।
‘कटैया–कुसाहा प्रसारण लाइन हु“दै प्राधिकरणले शुक्रबारदेखि कम्तीमा थप १५ देखि २० मेगावाट बिजुली आयात गर्नेछ’ क्षेत्रीले कान्तिपुरसित भने । भारतबाट यसअघि प्राधिकरणले २०५ देखि २२० मेगावाट विद्युत् आयात गर्दै आएको थियो । कटैया–कुसाहाको क्षमता बढेपछि प्राधिकरणले भारतबाट कम्तीमा २ सय ३५ देखि २ सय ४० मेगावाट बिजुली आयात गर्नेछ । अघिल्लो वर्ष प्राधिकरणले भारतबाट १ सय ९३ मेगावाट बिजुली आयात गरेको थियो ।
उता मध्यमस्र्याङ्दी आयोजनाको बा“धमा रहेको ग्याबिन (बालुवा जम्मा हुने ठाउ“) कमजोर भई भत्कन लागेको र बा“धमा अत्याधिक बालुवा जम्मा भई विद्युत् उत्पादनमा नै असर परेको थियो । त्यही कारण प्राधिकरणले उक्त आयोजना १५ दिनका लागि बन्द गरी मर्मत गरेको हो । ग्याबिन मर्मत गर्ने र बा“धमा जम्मा भएको बालुवा हटाउने कार्य पूर्व निर्धारित समयअनुसार नै बिहीबार सकिएको छ । क्षेत्रीका अनुसार मध्यमस्र्याङ्दी आयोजनाबाट विद्युत् उत्पादन गर्नका लागि बिहीबारदेखि नै इन्टेक (बा“ध) मा नदी थुनेर पानी जम्मा पार्न थालिएको छ । पानी शुक्रबारदेखि सुरुङमार्फत् टर्वाइनमा हाली विद्युत् उत्पादन थालिनेछ ।


No comments:

Post a Comment