Wednesday, February 11, 2015

गरिबी निवारण कोषका थप छ उच्च अधिकारी निलम्बित

काठमाडौं, २८ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजात बनाई अनियमितता गरेको अभियोगमा गरिबी निवारण कोषका ६ उच्च अधिकारीलाई निलम्बन गर्न मंगलबार सरकारलाई निर्देशन दिएको छ । सरकारले ती छ जनालाई मंगलबार नै निलम्बन गरिसकेको छ । 
आर्थिक अनियमितताको अभियोगमा गरिबी निवारण कोषका कार्यकारी निर्देशक राजुबाबु श्रेष्ठलाई निलम्बन गरेको एक सातामै अख्तियारले थप छ अधिकारीलाई मंगलबारदेखि लागू हुने गरी निलम्बन गर्न सरकारलाई निर्देशन दिएको हो ।

अनुसन्धान तथा तहकिकातका क्रममा ती अधिकारीहरूले समेत पेश्की रकम फछ्र्यौट गर्ने÷गराउने क्रममा झूटा कागजातहरू पेस गरी अनियमितता गरेको पाइएको उल्लेख गर्दै अख्तियारले उनीहरूलाई निलम्बन गर्न दिइएको जनाएको छ ।
अख्तियारका अनुसार पदमा बहाल रहिरह“दा प्रमाण लोप वा नास गर्न तथा अनुसन्धान र तहकिकातमा बाधा पु¥याउन सक्ने भएकाले उनीहरूलाई निलम्बन गर्नुपरेको हो । अख्तियारको निर्देशनमा निलम्बन परेका कोषका अधिकारीहरूमा पूर्वाधार विकास महाशाखा प्रमुख जयराज पन्त, मानव संशाधन विकास महाशाखा प्रमुख अखिलेखचन्द्र दास, मानव संशाधन अधिकृत लालबहादर शिवा, अनुगमन तथा मूल्यांकन अधिकृत सन्दिपनाथ उप्रेती, कार्य प्रबन्धकद्वय धनराज साह र सञ्जयकुमार झा छन् ।

No comments:

Post a Comment