Monday, February 9, 2015

सर्वोच्चद्वारा पूर्वमहानिरीक्षक खरेललाई सफाइ

काठमाडौं, २६ माघ– सर्वोच्च अदालतले पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सफाइ दिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश रामकुमारप्रसाद शाह र न्यायाधीश दीपकराज जोशीको इजलासले आइतबार पुनरावेदनको फैसलालाई सदर गर्दै खरेललाई सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी खरेलले गैरकानुनी रूपमा १ करोड ६३ लाख रुपैया“ आर्जन गरेको दाबी गर्दै ११ वर्षअघि पुनरावेदन अदालतमा उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
तर, पुनरावेदनले अख्तियारले दाबी गरेभन्दा खरेलसित कम सम्पत्ति रहेको देखिएको उल्लेख गर्दै तीन वर्षअघि उनलाई सफाइ दिएको थियो । अख्तियार पुनरावेदनको निर्णयविरुद्ध सर्वोच्चमा गएको हो ।

No comments:

Post a Comment