Saturday, February 21, 2015

सहमतिमा संविधान निर्माण गर्नुको विकल्प छैन : राष्ट्रपति

काठमाडौं, ८ फागुन– राष्ट्रपति डा रामवरण्ँ यादवले अघिल्लो संविधानसभाको असफलताको भोगाइ र अनुभवबाट पाठ सिकेर सहमतिका साथ साझा विचार निर्माण्ँ गरी संविधान निर्माणको विकल्प नरहेको बताएका छन् ।
‘हामी सबै किसिमका आरोह–अवरोह पार गर्दै आएका छौ“, यी सबै भोगाइ र अनुभवबाट हामीले अन्तरिम संविधान २०६३ ले निर्दिष्ट गरेका मूल्य मान्यतालाई कदर गर्दै सहमतिका साथ साझा विचार निर्माण्ँ गरी संविधान बनाउनुको विकल्प छैन’ राष्ट्रपतिले प्रजातन्त्र दिवसका दिन जारी गरेको शुभकामना सन्देशमा भनेका छन्– ‘ नेपालका राजनीतिक दल, नेतृत्व र देश समाजप्रति उत्तरदायी नागरिक सबैले संविधान निर्माण्ँको पुनित कार्यलाई प्रथमिकता दिनुको विकल्प छैन ।’

राष्ट्रपति यादवले २०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचनबाट जनताले आङ्खनो संविधान आफै“ बनाउन विगतदेखि राखेको आकांÔा पूरा भए पनि संविधान प्राप्त गर्ने कुरामा आशावादी हु“दाह“ुदै पनि संविधानसभा भंग हुन पुगेको उल्लेख गर्दै पुनः भएको दोस्रो संविधानसभाले पनि गत माघ ८ मा संघीय र समावेशी चरित्रको संविधान निर्माण्ँ गर्ने लक्ष्यमा अल्मलिन पुगेको बताएका छन् ।
सन्देशमा यादवले २००७ सालमा प्राप्त प्रजातन्त्रको जगलाई अझै मजबुत पार्न पुनः २०४६ सालमा सम्पूणर््ँ नेपाली लागिपरेको बताउ“दै बदलि“दो परिवेशमा लोकचाहनालाई सम्बोधन गर्न विसं २०६२÷६३ को आन्दोलनमार्फत नेपालमा लोकतान्त्रिक गण्ँतन्त्रको स्थापना गर्न सफल भएको बताउनुभएको छ ।
उनले प्रजातन्त्रका लागि ज्यानबाजी लगाउने सहिदप्रति श्रद्धाञ्जली एवम् नेपाली जनताका लागि चिरस्थायी उपहारका रूपमा हामी सबै मिलेर नया“ लोकतान्त्रिक संविधान सकेसम्म चा“डो जारी गर्न सकियोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
यसैबीच उपरराष्ट्रपति परमानन्द झाले प्रजातन्त्र दिवसको अवसरमा २००७ सालको महान् जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताको अजेय शक्तिले जहानिया“ राणा शासनलाई घु“डा टेकाएको आजको दिन नेपालको इतिहासमा सर्वाधिक गौरवपूणर््ँ र अविस्मरण्ँीय दिनका रूपमा अंकित रहेको उल्लेख गरेका  छ । ‘वास्तवमा यो महान दिन नेपालमा युगान्तकारी परिवर्तनको यात्राको शुभारम्भको दिन पनि हो’ उपराष्ट्रपतिले शुभकामना सन्देशमा भनेका छन् ।
शान्ति, समृद्धि र लोकतान्त्रिक संविधान आजको राष्ट्रिय आवश्यकता हो भन्दै उपराष्ट्रपति झाले राष्ट्रिय प्रजातन्त्र दिवसको यस पावन अवसरले सबै नेपालीलाई एकताद्ध गर्दै आपसी सहमति र सहकार्यको बाटामा अघि बढ्न सबैलाई प्रेरित गरोस् भनी कामना गरेका छन् ।

No comments:

Post a Comment