Thursday, February 5, 2015

प्रबन्धक श्रेष्ठसहित १७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, २२ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देबदह मेडिकल कलेज, रुपन्देहीलाई एमबिबिएस कक्षा संचालन गर्न अनुमति दिंदा अनिमयमितता गरेको अभियोगमा  काठमाडौंं विश्वविद्यालयका प्रबन्धकसहित १७ जनाविरुद्ध बुधबार भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
काठमाडौं विश्वविद्यालयका प्रबन्धक प्रद्युम्न श्रेष्ठ, परीक्षा नियन्त्रक डा. पन्ना थापा, नेपाल मेडिकल काउन्सिलका उपाध्यÔ अनवर एलाही अन्सारीसहित ७, कानुन व्यवसायी ज्योति बानियाँ, शिवजी पौडेल, देबदह मेडिकल कलेजका सञ्चालक हिमलाल ज्ञवाली र अध्यक्ष निलकण्ठ काफ्लेलगायत विरुद्ध मुद्दा दायर गरिएको हो ।
काठमाडौं विश्वविद्यालयका जगदीश चटौत, प्राध्यापक रमेशप्रसाद सिंह, मेडिकल काउन्सिलका सदस्यहरू मनोहर प्रधान, अनिलकुमार झा, रोशन पिया, निरज पन्त, कुलदीप गोइत, अंकुर साह, चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्जका सहप्राध्यापक सतिशकुमार देव, देवदह मेडिकलका सञ्चालक एवं निर्देशक रजनीश जिन्दलविरुद्धसमेत मुद्दा दायर गरिएको छ । उनीहरूविरुद्ध हदैसम्मको कारबाही गर्न तथा अनियमितता गरेको रकमबराबरको जरिवाना गर्न तथा बिगो भराउन अख्तियारले माग दाबी गरेको छ ।

अख्तियारका अनुसार देबदह मेडिकल कलेजलाई एमबिबिएस कÔा सञ्चालनका लागि शिÔा मन्त्रालयले मनशायपत्र दिएपछि मापदण्ड पूरा गरे÷नगरेकोबारे अध्ययन गर्न काठमाडौ विश्वविद्यालयका प्रा. डा. पन्ना थापासमेतको ४ सदस्यीय टोली गएको थियो भने मेडिकल काउन्सिलले डा. मनोहर प्रधानको नेतृत्वमा टीम खटाएको थियो ।
तर, दुवै टोलीले अध्ययन नै नगरी कलेजले उपलब्ध गराएका झूटा एवं काल्पनिक विवरण्ँलाई आधार मानेर ५० जना विद्यार्थीका लागि एमबिबिएस कÔा संचालन गर्न अनुमति दिन मिल्ने भनी काठमाडौं विश्वविद्यालयबाट पद स्वीकृतिका लागि सिफारिस गरिएबमोजिमका विÈय शिÔक नभए पनि कार्यरत रहेको भनी विवरण पेश गरेको र कलेज सञ्चालक पदाधिकारीहरूको अनुचित प्रभावमा परी गलत प्रतिवेदन दिएको पाइएको अख्तियारले जनाएको छ ।
अख्तियारले देवदह मेडिकल कलेजमा हालसम्म भर्ना भएका विद्यार्थीहरुको हकमा देवदह मेडिकल एण्ड रिसर्च इन्स्टिच्युटस“ग भएको सम्झौताअनुसार अध्ययनको व्यवस्था मिलाउन काठमाडौं विश्व विद्यालयलाई निर्देशनसमेत दिएको छ ।

No comments:

Post a Comment