Friday, February 13, 2015

सन् २०१७ भित्र पूर्ण सरसफाइयुक्त देश बनाउने घोषणा

सुन्तली र धुर्मुस सरसफाइ दूत नियुक्त
काठमाडौं, १ फागुन– सरकारले सन् २०१७ भित्र नेपाललाई पूर्ण सरसफाइयुक्त देश बनाउने घोषणा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दुई वर्षभित्र देशलाई पूर्ण सरसफाइयुक्त देश बनाउने लक्ष्य पूरा गर्न हा“स्य कलाकारद्वय कुन्जना घिमिरे (सुन्तली) र सिताराम कट्टेल (धुर्मुस) लाई सरसफाइ दूत नियुक्त गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए ।
सहरी विकास मन्त्रालयले सन् २०१७ भित्र मुलुकलाई खुल्ला दिशामुक्त र पूर्ण सरफाइयुक्त देश बनाउन देशव्यापी अभियान सञ्चालन गर्ने कार्यक्रम अघि सारेको छ । सरसफाइ दूत सुन्तली र धुर्मुसले मुलुकभर सरसफाइ र खुल्ला दिशामुक्त अभियानबारेमा आमजनतामा जनचेतना फैलाउने कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन् ।


No comments:

Post a Comment