Friday, February 13, 2015

बाग्लुङ–१ मा चैत २८ मा उपनिर्वाचन

काठमाडौं, १ फागुन– सरकारले बाग्लुङ क्षेत्र नं. १ मा आगामी चैत २८ मा उपनिर्वाचन गराउने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निर्वाचन आयोगसित परामर्श गरी बाग्लुङ–१ मा उपनिर्वाचन गर्ने तिथि तय गरेको जानकारी सरकारको प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए ।
बाग्लुङ–१ का सभासद हरिबहादुर खडकाको निधन भएपछि उक्त क्षेत्र रिक्त भएको थियो । खडका कांग्रेसका सभासद थिए । गत मंसिर १७ गते जिप दुर्घटनामा घाइते भएका खडकाको मंसिर २१ गते काठमाडौंमा उपचारको क्रममा निधन भएको थियो ।


No comments:

Post a Comment