Wednesday, February 25, 2015

चार निकायमा पदाधिकारी नियुक्त

काठमाडौं, १३ फागुन– सरकारले खुला विश्वविद्यालय पूर्वाधार विकास समितिसहित चार निकायमा पदाधिकारी नियुक्त गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले शिक्षा मन्त्रालयको प्रस्तावमा खुला विश्वविद्यालय पूर्वाधार विकास समितिको अध्यक्षमा राजेश अग्रवाललाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदले उच्चस्तरीय प्रशासन सुधार सुझाव कार्यदल अनुगमन समितिको संयोजकमा काशीराज दाहाललाई नियुक्त गरेको छ । समितिका संयोजक कृष्णहरि बा“स्कोटा सूचना आयोगको प्रमुख आयुक्त नियुक्त भएपछि रिक्त पदमा दाहाललाई नियुक्त गरिएको हो ।

कानुन आयोगको रिक्त सदस्यमा दुर्गाप्रसाद अर्याल, बलबहादुर राई र विजय अर्याललाई नियुक्त गरिएको छ । उदयपुर सिमेन्ट कारखानाको महाप्रबन्धकमा सुरेन्द्र पाण्डे नियुक्त भएका छन् ।

No comments:

Post a Comment