Sunday, February 11, 2018

राष्ट्रकवि घिमिरेलाई मानार्थ सहायक रथीको दर्जा

काठमाडौं, २८ माघ– सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा दिएको छ । सेनाको मुख्यालय जंगी अड्डाले रक्षा मन्त्रालयमार्फत गरेको सिफारिसमा मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले घिमिरेलाई मानार्थ सहायक रथीको दर्जा दिने निर्णय लिएको हो । 
उनले राष्ट्रलाई पु¥याएको योगदानलाई ध्यानमा राखेर मानार्थ सहायक रथीको दर्जा दिन सिफारिस गरिएको सेना प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । घिमिरेले अब सेनाबाट मानार्थ सहायक रथीको सम्मानका अतिरिक्त सेवासुविधा पाउनेछन् । उनले सहायक रथीको पोसाकसमेत लाउन पाउनेछन् । यसअघि संगीतकार अम्बर गुरुङ र कवि गोपाल पा“डे ‘असिम’ लाई सेनाको मानार्थ लेफटिनेन्ट कर्णेलको दर्जा दिइएको थियो ।   


No comments:

Post a Comment