Friday, February 9, 2018

प्रदेश ३ मा कांग्रेस संसदीय दलको नेतामा बानियाँ

काठमाडौं, २६ माघ– कांग्रेसको प्रदेश नं. ३ को संसदीय दलको नेतामा इन्द्र बानियाँ चयन भएका छन् । राजधानीमा बसेको प्रदेश नं. ३ का कांग्रेसका प्रदेश सभा सदस्यहरूको बैठकले बानिया“लाई सर्वसम्मत रूपममा दलको नेता चयन गरेको हो ।
दलको नेताका लागि पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्कीसमेत दावेदार थिए । पार्टी नेतृत्वबाट संसदीय दलको चयनका लागि अख्तियारी पाएकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायको पहलमा बैठकले सर्वसम्मत रूपमा दलको नेता छानेको हो ।

पूर्वगृहराज्यमन्त्री एवं मकवानपुर कांग्रेसका सभापति बानिया“ मकवानपुर क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश २ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । १ सय १० सदस्यीय ३ नं. प्रदेशसभामा कांग्रेसका २१ सदस्य छन् । ३ नं. प्रदेशमा कांग्रेस एमाले र माओवादी केन्द्रपछिको तेस्रो ठूलो दल हो ।
एमाले र माओवादी केन्द्रले प्रदेश नं. ३ मा सरकार बनाएमा बानिया“ प्रतिपक्षी दलको नेता हुनेछन् । दलको नेता चयन भएपछि बानिया“ले कांग्रेसलाई ३ नम्बर प्रदेशमा सशक्त पार्टीका रूपमा प्रदेश सभामा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कांग्रेस संसदीय दलको विधान पारित गरेपछि दलभित्र कार्यविभाजन गरिने बताए ।

No comments:

Post a Comment