Monday, February 26, 2018

होटल, अस्पताल र उद्योग कारबाहीमा

वातावरणीय कानुन उल्लंघन गरेकामा ५० हजारदेखि १ लाखसम्म जरिवाना
काठमाडौं, १४ फागुन– जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरणीय कानुनको उल्लंघन गरिरहेका ५ तारे होटल द्वारिकाज, अस्पताल र उद्योगसहित ११ व्यापारिक संस्थालाई कारबाही गरेको छ । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी संरचना निर्माण गरेका र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) को आवश्यक मापदण्ड पूरा नगरेका कारण ती व्यापारिक संस्थालाई  कारबाही गरिएको जानकारी वातावरण मन्त्रालयकी सहसचिव लक्ष्मी बस्नेतले दिइन् ।
जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले मन्त्रालयस्तरीय निर्णय गराई वातावरणीय कानुनको पालना गराउन ईआईए र आईई नगरी निर्माण गरी सेवा सुरु गरेका चार होटल, चार अस्पतालसहितलाई जरिवानासहितको कारबाही गरेका हुन् ।

सहसचिव बस्नेतका अनुसार कारबाही गरिएकामा काठमाडौंको सोल्टी सिटी अपार्टमेन्ट, सिटी होटल लिमिटेड, काठमाडौं गेष्ट हाउस र द्वारिकाज होटल, काठमाडौं दुग्ध वितरण आयोजना, कमला रोलिङ प्रालि र अरनिको आ“बुखैरेनी सिमेन्ट उद्योग छन् । बस्नेतले ईआईए पालनामा आवश्यक मापदण्ड पूरा नगरेका कारण ती संस्थालाई जरिवाना गरिएको जानकारी दिइन् ।
ती संस्थालाई ५० हजारदेखि एक लाख रुपैया“सम्म जरिवाना गरिएको छ । ‘वातावरणसम्बन्धी ऐन नियमको पालना नगर्ने तथा आवश्यक मापदण्ड पूरा नगरी निर्माण गरिएका वा सञ्चालन भएका होटल, अस्पताल र उद्योगलाई कारबाही तथा जरिवाना गरिएको हो’ बस्नेतले कान्तिपुरसित भनिन् । मन्त्रालयले ती सबै संस्थालाई जरिवाना तिरी ईआईए र आईईई गरेरमात्र सेवा सुरु गर्न निर्देशन दिंदै अटेर गरेमा पुनः कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
कारबाही गरिएका अस्पतालमा काठमाडौंको कलंकीस्थित नेपाल नेसनल हस्पिटल, महाराजगञ्जको अन्तर्राष्ष्ट्रिय मैत्रीबाल अस्पताल, भृकुटीमण्डपको काठमाडौं मोडेल हस्पिटल र त्रिपुरेश्वरको काठमाडौं अस्पताल छन् । ती अस्पताललाई आईईई आवश्यक मापदण्ड नगरी सञ्चालन गरेको पाइएकाले कारबाही गरेको हो । वातावरण मन्त्रालयले आईईई नगरी अस्पताल सञ्चालन गरेका फर्महरूलाई थप कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई सिफारिससमेत गरिएको छ ।

No comments:

Post a Comment