Sunday, February 25, 2018

प्रधानन्यायाधीशविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं, १३ फागुन–  ‘सोलिडयारिटी फर गोविन्द केसी एलाइन्स’ ले शनिबार राजधानीको माइतीघरमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामाको माग गदै प्रदर्शन गरेको छ । प्रदर्शनकारीले दिउ“सो एक घण्टा धर्ना दिई पराजुलीविरुद्ध नाराबाजी लगाएका थिए । 
प्रदर्शनकारीले ‘माफियालाई कर छुट, गोपाल श्रीमानको ब्रह्मलुट’, ‘माफिया पराजुली सेटिङ, न्याय भयो चिटिङ’ जस्ता नारा अंकित प्ले कार्डसमेत बोकेका थिए । प्रदर्शनको अन्त्यमा डा. गोविन्द केसीले प्रदर्शनकारीलाई सम्बोधन गर्दै जनताको आस्थाको केन्द्र अदालत नै भ्रष्टाचारको चंगुलमा परेकाले प्रधानन्यायाधीश पराजुलीविरुद्ध आन्दोलनमा उत्रनुपरेको बताए । उनले पराजुलीलाई समय सीमाभन्दा पहिले नै पद छाड्न बाध्य पार्नुपर्ने बताए ।

कार्यक्रममा अधिवक्ता ओमप्रकाश अर्याल र सन्तोष गिरीलगायतले आस्थाको प्रतीक मानिने पद र सत्तामा बसेर भ्रष्टाचार गर्ने परम्पराको अन्त्य हुनुपर्ने बताए भने विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाले पराजुलीविरुद्ध मात्र नभएर सिंगो भ्रष्टाचारविरुद्ध आन्दोलन गरिएको बताइन् । 

No comments:

Post a Comment