Friday, February 16, 2018

तरुण दलले बोलायो अगुवा कार्यकर्ता भेला


काठमाडौं, ५ फागुन– कांग्रेसको भातृ संगठन तरुण दलले प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ मा उपत्यकास्तरीय अगुवा कार्यकर्ताको भेला बोलाएको छ । तरुण भेलामा प्रदेश तथा प्रतिनिधिसभा चुनावमा लज्जास्पद पराजय भोगेको माउ पार्टी कांग्रेसलाई कसरी पुनः सशक्त पार्टी बनाउने भन्नेबारेमा छलफल हुने जानकारी तरुण दलले दिएको छ । भेलामा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्नेछन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भेला बस्ने जानकारी तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले दिए । शाहीका अनुसार उपत्यका बाहेकका जिल्लाहरूमा तरुण दलका जिल्ला समितिहरूलाई विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाउन निर्देशन दिइएको छ । 

‘केन्द्रीय समितिले देशव्यापी रूपमा प्रजातन्त्र दिवसको अवसर पारेर कार्यक्रम गर्न तरुण दलका जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको छ’ शाहीद्वारा जारी विज्ञप्तिमा छ ।

No comments:

Post a Comment